माधव नेपाल र झलनाथ खनाल सहितका ११ नेता पार्टीबाट निष्काशित

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १०, २०७८
|
|
२३ पटक हेरिएको
Shares
माधव नेपाल र झलनाथ खनाल सहितका ११ नेता पार्टीबाट निष्काशित

सारांश

  • नेकपा एमाले स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाटै निष्काशित गरेको छ ।
  • आज बालुवाटारमा बसेको बैठकले पार्टी अनुशासनविपरित काम गरेको भन्दै कारबाहीको निर्णय गरेको हो ।
  • एमालेका साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेकामा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जना विघटित प्रतिनिधि सभाका सांसदहरु छन् ।

नेकपा एमाले स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपालसहित ११ जना नेतालाई पार्टीबाटै निष्काशित गरेको छ । आज बालुवाटारमा बसेको बैठकले पार्टी अनुशासनविपरित काम गरेको भन्दै कारबाहीको निर्णय गरेको हो ।

एमालेका साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेकामा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ जना विघटित प्रतिनिधि सभाका सांसदहरु छन् । उनीहरुमाथि ९ जेठमा स्पष्टिकरण सोधिएपनि कुनै जवाफ प्राप्त भएको थिएन । प्रधानमन्त्री ओलीले हिजै कारबाही हुने जानकारी दिएका थिए ।

एमालेबाट निष्काशित भएकाहरुमा शेरबहादुर देउवालाई बहुमतको आधारमा प्रधानमन्त्री बनाउने विपक्षी गठबन्धनले राष्ट्रपति कार्यालयमा दर्ता गरेको निवेदनमा हस्ताक्षर गरेकाहरु छन् ।

निष्काशित भएकामा नेपाल र खनाल नवौं महाधिवेशनपछि वरिष्ठ नेता मनोनित भएका थिए । नवौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भीम रावल, विघटित प्रतिनिधि सभाका सांसदहरु रामकुमारी झाँक्री, सरला यादव, कल्याणी खड्का, पुष्पा कर्ण, मुकुन्द न्यौपाने, निरा जैरु, कलिना खान र लक्ष्मीकुमारी चौधरी पनि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?