पर्सा क्षेत्र नं १ मा प्रभावशाली नेताबीच रोचक भिडन्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २१, २०७४
|
|
२१ पटक हेरिएको
Shares
पर्सा क्षेत्र नं १ मा प्रभावशाली नेताबीच रोचक भिडन्त

सारांश

  • दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि उम्मेदवारी दर्ता भएसँगै अहिले पर्साको नगर र गाउँगाउँमा चुनावी गतिविधि तीव्र बनेको छ ।
  • विशेष गरी अहिले पर्साको सर्वाधिक चर्चाको विषय बनेको छ क्षेत्र नं १ ।
  • जिल्ला सदरमुकाम वीरगञ्जसहितको महत्वपूर्ण क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट अनिल रुगंटा र संघीय समादवादी फोरम नेपालबाट पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार बनेका छन् ।

दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि उम्मेदवारी दर्ता भएसँगै अहिले पर्साको नगर र गाउँगाउँमा चुनावी गतिविधि तीव्र बनेको छ । विशेष गरी अहिले पर्साको सर्वाधिक चर्चाको विषय बनेको छ क्षेत्र नं १ ।

जिल्ला सदरमुकाम वीरगञ्जसहितको महत्वपूर्ण क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट अनिल रुगंटा र संघीय समादवादी फोरम नेपालबाट पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार बनेका छन् ।

मधेश आन्दोलनको केन्द्रबिन्दु र आर्थिक नगरीका रुपमा रहेको पर्साको क्षेत्र नं १ मा प्रभावशाली रहेका रुगंटा र यादव आमनेसामने भएपछि यहाँका मतदाता मात्र नभई मधेशका अन्य जिल्लाका मतदातासमेतमा को जित्ने होला भन्ने चासो बढ्न थालेको छ ।

यो क्षेत्रमा वाम गठबन्धनबाट विचारी यादव उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीले पनि यहाँको चुनावी प्रतिष्पर्धालाई रोमाञ्चक बनाइदिएको छ ।

संघीय समाजवादी फोरमका वियज सरावगीले वीरगञ्ज महानगरपालिकाको प्रमुख पद जितेकाले क्षेत्र नं १ मा यादवको स्थिति राम्रो रहेको लख मतदाताले काटेका छन् । काँग्रेस उम्मेदवार रुगंटा माडवाडी समुदायका हुन् र उनले जातिगत रुपमै पनि राम्रै भोट पाउने अर्काथरिको विश्लेषण छ ।

दुवै उम्मेदवारले समृद्ध वीरगञ्जको नारा दिँदै आएका छन् । क्षेत्र नं १ मा ६७ हजार ४०५ मतदाता रहेका छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Babu Ram Paudel

    congress gayo patta saf hudai !!!

    Comment Author

    Surya Prasad Suwal

    एमालेको नामोनिशान मेट्ने भयो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?