ओली सरकारले नियुक्त गरेका ९ राजदुत फिर्ता बोलाउँदै देउवा सरकार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ३, २०७८
|
|
३० पटक हेरिएको
Shares
ओली सरकारले नियुक्त गरेका ९ राजदुत फिर्ता बोलाउँदै देउवा सरकार

सारांश

  • नियुक्ति भएको एक महिना नबित्दै ९ देशका राजदूतलाई फिर्ता बोलाउन सरकारले निर्णय गरेको छ ।
  • उनीहरु परराष्ट्र सेवा बाहिरका हुन् ।
  • तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ११ जना राजदूत नियुक्ति सिफारिश गरी संसदीय सुनुवाई हुन नसकेपछि स्वत नियुक्ति भएको थियो ।

नियुक्ति भएको एक महिना नबित्दै ९ देशका राजदूतलाई फिर्ता बोलाउन सरकारले निर्णय गरेको छ । उनीहरु परराष्ट्र सेवा बाहिरका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ११ जना राजदूत नियुक्ति सिफारिश गरी संसदीय सुनुवाई हुन नसकेपछि स्वत नियुक्ति भएको थियो ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राजदूत नियुक्तहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । परराष्ट्र सेवाबाट नियुक्त राजदूतहरुमध्ये अष्ट्रेलियाका लागि निर्मलराज काफ्ले र इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठको नियुक्र भने यथावत् राखिएको छ ।

फिर्ता बोलाइएका राजदूतहरु

कृष्णचन्द्र शर्मा, दक्षिण कोरिया
सुम्निमा तुलाधर, अष्ट्रेलिया
रमेशचन्द्र पौडेल, श्रीलंका
नारायणप्रसाद संग्रौला, म्यानमार
कुलप्रसाद नेपाल, ब्राजिल
सुमित्रा सुवेदी, डेनमार्क
मेराज मुसलमान, साउदी अरेयिबा
जंगबहादुर चौहान, रसिया
युवराज कार्की, बहराइनको यसअघि नै नियुक्ति बदर भइसकेको

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?