बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
सारांश
- सरद राई काठमाडौं ।
- ‘थुलुङ दुधकोशी गाउँपालिका’को नेकपा (माओबादी केन्द्र)द्वारा ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन भएको छ ।
- नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)को पार्टी कार्यलय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बिष्णुभक्त दुलाल (आहुती)को प्रमुख आतिथ्यमा ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’को नयाँ कार्यसमिति गठन गरिएको हो ।
- सरद राई
काठमाडौं । ‘थुलुङ दुधकोशी गाउँपालिका’को नेकपा (माओबादी केन्द्र)द्वारा ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)को पार्टी कार्यलय पेरिस डाँडामा आयोजित एक कार्यक्रममा बिष्णुभक्त दुलाल (आहुती)को प्रमुख आतिथ्यमा ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’को नयाँ कार्यसमिति गठन गरिएको हो ।
नेकपा–माओबादी केन्द्रको ‘थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ अध्यक्षमा बिनोदमणी राई चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा लाल बहादुर बस्नेत, निम्साङ तमाङ, सुस्मिता राई, रण बहादुर राई, मानकाजी राई, तारामान राई र पेम्बा शेर्पा चयन भएका छन् ।
त्यस्तै सचिवमा हरी प्रसाद राई र सह–सचिवमा होमप्रकाश राई, सैकुमार राई, शिव कुमार राई र दुर्गाधन राई चयन भएका छन्, भने कोषाध्यक्षमा अनिता राई चयन भएका छन् । यस मञ्चको अन्य सदस्याहरुमा ङवाङ तेन्जी शेर्पा, टेकमान तामाङ, रामकुमार राई, दीपेन्द्र राई, निशान राई, सहदेव राई, हरी गहतराज, भिम बहादुर राई, ज्ञानु राई, अजय राई, दिलकुमार राई, सौगात किराती, रामकुमार नेपाली, राजकुमार राई, निर्मला राई, अनु राई, लोक बहादुर राई र प्रभुराम राई चयन भएका छन् ।
यस ‘नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ‘थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन, प्रशिक्षण गठन तथा दशैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा अनिल राई, पवित्रादेवी चेन्जोङ, सुबाश थुलुङ, ङिमा तेन्डुप शेर्पा, राम संघर्श किराती, सन्कल्प किराती, अशिम राई, जनी कुमार राई, तिलक राई, सुरेसबाबु जमर्कट्टेल, गोबिन्द बि.क., रेवान्त कार्की, हेम चन्द्र राई, केशर राई, भुपाल सिङ राई, अनुप्रसान्त राई, शिव बस्नेत लगाएतका अतिथीहरु उपस्थित थिए ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथी तथा विषेश अतिथीहरुद्वारा ‘थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’का नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइएको थियो । साथमा यसै कार्यक्रम मार्फत जातिय मुद्धा तथा पहिचान सम्बन्धी प्रशिक्षण पनि दिनुका साथै आउँदै गरेको हिन्दु धर्मावलम्बिहरुको महान चाड दशैं, तिहार र छठको शुभकामना आदान–प्रदान पनि गरिएको छ ।
नेकपा (माओबादी केन्द्र)को सोलुखुम्बु जिल्ला इन्चार्ज हेमराज राईले ‘थुलुङ दुधकोशी गाउँपालिका, सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’का नयाँ कार्यसमितिलाई विभिन्न निकाय र संगठनहरुसँग सहकार्य गरेर अगाडी बढ्न निर्देशन पनि दिएका छन् ।
यसै कार्यक्रम मार्फत ‘थुलुङ दुधकोशी गाउँपालिका’का १५५ जना अन्या पार्टीका सदस्याहरुले नेकपा (माओबादी केन्द्र) प्रबेश गरेका छन् ।
प्रतिक्रिया