उम्मेदवार टुङ्गो लगाउन काङ्ग्रेस पदाधिकारी बैठक

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १३, २०७६
|
|
५० पटक हेरिएको
Shares
उम्मेदवार टुङ्गो लगाउन काङ्ग्रेस पदाधिकारी बैठक

सारांश

  • नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।
  • जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
  • पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको उहाँले बताउनुभयो ।

नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ । जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको उहाँले बताउनुभयो । बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ ।

पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न काङ्ग्रेसले यही कात्तिक १५ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै यी कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगन गरिएको थियो । सैतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलात्कारीलाइ सरकारी डाक्टरले साथ दिएपछि…
बलात्कारीलाइ सरकारी डाक्टरले साथ दिएपछि…
संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव
संविधान संशोधनका लागि तयार छौँ : एमाले महासचिव
संसदीय निर्देशन कार्यान्वयन अवस्था कमजोर छ : समिति
संसदीय निर्देशन कार्यान्वयन अवस्था कमजोर छ : समिति
५० हजार घुससहित नापी हाकिम पक्राउ
५० हजार घुससहित नापी हाकिम पक्राउ
तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ :  मुख्यमन्त्री कार्की
तथ्याङ्कका आधारमा योजना निर्माण गर्नुपर्छ : मुख्यमन्त्री कार्की
सिके राउतका १५ कार्यकर्तालाई मध्यरातमा छाडियो
सिके राउतका १५ कार्यकर्तालाई मध्यरातमा छाडियो
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
देउवाबारे चन्द्र भण्डारीले गरे रहस्यपूर्ण खुलासा: वालुवाटार गिरोहबाट संचालित
मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित
मन्त्रीको नाममा टुंगो लगाउन बस्ने भनिएको माआवादी बैठक स्थगित
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्रीबीचको भेटवार्तापछि उच्चस्तरीय वार्ता सुरु
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा एमालेका भुपेन्द्र थापा विजयी