‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
४८ पटक हेरिएको
Shares
‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह

सारांश

  • उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गर्नुभएको छ ।
  • सहायकमन्त्री ¥याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गर्नुभएको थियो भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको जनाउनुभएको थियो ।
  • उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी सहायकमन्त्री ¥याण्डम जि स्च्रिभरले आज भेट गरी ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन आग्रह गर्नुभएको छ ।

सहायकमन्त्री ¥याण्डमले उक्त रणनीतिलाई अमेरिकी सहकार्यको नीतिका रुपमा बुझिदिन आग्रह गर्नुभएको थियो भने जवाफमा उपप्रधानमन्त्री पोखरेलले सो रणनीतिप्रति आफूहरु सकारात्मक भएको जनाउनुभएको थियो । उप्रधानमन्त्री पोखरेलले सार्वभौमिकता र स्वाधीनताका आधारमा दुई देशबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्ध अझ विस्तार हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाली सेनाका लागि विपद् व्यवस्थापन र मानवीय सहयोग वृद्धिका लागि आग्रह पनि गर्नुभयो । सो अवसरमा अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’, संयुक्त सैन्य अभ्यास तथा नेपालमा अमेरिकी रक्षा र सुरक्षासम्बन्धी सहकार्य वृद्धिलगायत विषयमा छलफल भएको रक्षा मन्त्रालयका उपसचिव मुक्तिराम अर्यालले जानकारी दिनुभयो ।

भेटका अवसरमा अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्की, नेपालका लागि अमेरिकी राजदूत रेड्डी बेरी, रक्षा र परराष्ट्र मन्त्रालयलका अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी
साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी
लमजुङ पहिराे: मृत्यु हुनेको संख्या चार पुग्याे !
लमजुङ पहिराे: मृत्यु हुनेको संख्या चार पुग्याे !
मेसी र रोनाल्डो दुबैको गोल
मेसी र रोनाल्डो दुबैको गोल
बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान
बा–आमालाई टेकाउने अनि भ्रष्टहरुलाई सेकाउने लौरो अभियान
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको लचकता: सेयर र ईभी कर्जामा सुविधा, राष्ट्रिय परिचयपत्रको नियममा व्यावहारिक संशोधन
स्पेनिस सुपरकप को उपाधी बार्सिलोनालाई, बायर्न जर्मन सुपरकप च्याम्पियन
स्पेनिस सुपरकप को उपाधी बार्सिलोनालाई, बायर्न जर्मन सुपरकप च्याम्पियन
दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए
क्‍वारेन्टाइन बनाइएको होटल भत्किँदा ७० जना थुनिए
सामाजिक सञ्जालमा भेटिएको एउटा कथा : जुन पढ्दा आँशु नै झर्छ
सामाजिक सञ्जालमा भेटिएको एउटा कथा : जुन पढ्दा आँशु नै झर्छ
महा लेखापरीक्षक द्वारा  राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश
महा लेखापरीक्षक द्वारा राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश