सुदुरपश्चिममा भीम रावललाई झड्का, बहुमत सदस्य माधव नेपालको पार्टीतर्फ
सारांश
- नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशमा धक्का लागेको छ ।
- उनी पक्षधर सांसदहरुले नै नेकपा एकीकृत समाजवादी रोजेपछि धक्का लागेको हो ।
- नेकपा एमालेमा रहँदा माधव नेपाल पक्षमा खुलेका १८ जनामध्ये १३ जनाले नेकपा एस रोजेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशमा धक्का लागेको छ । उनी पक्षधर सांसदहरुले नै नेकपा एकीकृत समाजवादी रोजेपछि धक्का लागेको हो ।
मन्त्रीहरुमा दीर्घबहादुर सोडारी, पूर्णा जोशी राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, अर्चना गहतराज, मनाकुमारी साउद, पूर्वमन्त्री माया भट्ट, नेकपा एमालेमा रहँदा प्रमुख सचेतक दुर्गा कुमारी कामी, सांसदहरु तारा लामा तामाङ, कुलविर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशिला बुढाथोकीले नेकपा एस रोजेका छन् ।
संसदीय दलका नेता प्रकाशबहादुर शाह भने एमालेमै रहने भएका छन् । उनी भीम रावलका विश्वासपात्र मानिन्छन् । पूर्वमन्त्री कृष्णराज सुवेदी, पूर्वराज्यमन्त्री प्रकाश रावल र सांसद हर्कबहादुर कुँवर एमालेमै रहेका छन् ।
पठानसिंह बोहरा, रतन थापा, ग्याल्बुसिंह बोहरा, माया तामाङ बोहरा, लीलाधर भट्ट, नेपालु चौधरी र बलदेव रेग्मी ओली विगतमा पनि एमालेको ओली समूहमै थिए ।

प्रतिक्रिया