चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
३२ पटक हेरिएको
Shares
चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने

सारांश

  • कैलाली, १९ मंसिर सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताउनुभएको छ ।
  • नेपाल प्रेस युनियन कैलालीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिनुभयो ।
  • यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उहाँले मतदातालाई आह्वान गर्नुभयो ।

कैलाली, १९ मंसिर सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिनुभयो ।
यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उहाँले मतदातालाई आह्वान गर्नुभयो ।

फरक प्रसंगमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले सञ्चारमाध्यमको गुणस्तरीयता बढाउन सरकारबाट दिइने सुविधा वृद्धि गरिने जानकारी दिँदै सरकारले सबै प्रदेशमा आमसञ्चारका संयन्त्र विस्तारमा आवश्यक गृहकार्य गरिरहेको बताउनुभयो ।

मन्त्री बस्नेतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउँदै सोहीअनुसार जिम्मेवार तरिकाले समाचार संकंलन तथा सम्पेषण गर्न आग्रह गर्नुभयो ।

–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?