दलितको आरोपमा जागिरबाट निकालेको भन्दै कारबाहीको माग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
दलितको आरोपमा जागिरबाट निकालेको भन्दै कारबाहीको माग

सारांश

  • खोटाङ, १८ साउन ।
  • दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेका छन् ।
  • दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेका हुन् ।

खोटाङ, १८ साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेका छन् । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेका हुन् । विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालेको उनले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । “रोशन सर र ललित सरले मैले पकाएको चिया र तातोपानीसमेत खानुहुन्नथ्यो ।” ज्ञापनपत्रमा भनिएको छ, “उहाँहरू दुवैलाई जातीय विभेदसम्बन्धी कारबाही गरिदिनुप¥यो ।”

ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने बताए । “विश्वकर्मामाथि जातीय विभेद र जालसाजी दुवै भएको देखिन्छ ।” उहाँले भन्नुभयो, “घटना गम्भीर भएकाले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा छौं ।” लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आउनुभएकी विश्वकर्मालाई गत जेठ २७ गतेबाट हटाइएको ज्ञापनपत्रमा उल्लेख छ । विश्वकर्मालाई हटाएलगत्तै उहाँको ठाउँमा विद्यालयले अर्को व्यक्ति नियुक्त गरेको पाइएको छ । आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाएको उनले बताए । घटनाबारे प्रधानाध्यापक ढकाल र सहायक प्रधानाध्यापक बस्नेत दुबैसँग बुझ्न संपर्क हुन सकेन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी
लागु औषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
सांसदले कार्यकर्तालाई साइकल बाँड्नेदेखि योग शिविरसम्मका काममा बजेट खर्च
सांसदले कार्यकर्तालाई साइकल बाँड्नेदेखि योग शिविरसम्मका काममा बजेट खर्च
ट्रकको ठक्करबाट बालकको मृत्यु
ट्रकको ठक्करबाट बालकको मृत्यु
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
राष्ट्रपति भण्डारी र प्रम ओलीबाट बाइडेन र ह्यारिसलाई बधाई
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
निर्मला हत्याको अनुसन्धान उल्टोतिर, नसोचेका व्यक्ति नै अपराधी भएपछि सबै चकित
मान्छे मारेर फरार कार चालक एक सातापछि पक्राउ
मान्छे मारेर फरार कार चालक एक सातापछि पक्राउ
मेची अञ्चलका केवलहरूले ग्राहक ठग्दै, नेपाल सरकारले लियाे एक्सन!
मेची अञ्चलका केवलहरूले ग्राहक ठग्दै, नेपाल सरकारले लियाे एक्सन!
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट  केही सिक्ने कि ?
नेपालमै ब्यवसाय गरेर मासिक १० लाख कमाउने यी युवापुस्ताबाट केही सिक्ने कि ?
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो
सुन काण्डमा मुछिएपछि प्रहरीलाई मिसनबाट फिर्ता बोलाइयो

तपाईंले छुटाउनुभयो कि?