एमसीसी सम्झौता कार्यान्वयनको बाटोमा गयो : एमसीसी मुख्यालय

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १८, २०७८
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले आफू र नेपाल सरकारबीच ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता कार्यान्वयनको बाटाेमा गएको जनाएको छ ।
  • एमसीसी मुख्यालयले हिजाे मङ्गलवार राति निकालेको विज्ञप्तिमा नेपालको सङ्घीय संसदबाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको समेत जनाएको छ ।
  • लामो समय विवादमा परेको एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले अनुमोदन गरेको थियो ।

अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीले आफू र नेपाल सरकारबीच ५० करोड अमेरिकी डलर बराबरको अनुदान सम्झौता कार्यान्वयनको बाटाेमा गएको जनाएको छ ।

एमसीसी मुख्यालयले हिजाे मङ्गलवार राति निकालेको विज्ञप्तिमा नेपालको सङ्घीय संसदबाट फागुन १५ गते अनुमोदन भएको सम्झौतालाई स्वीकार गरेको समेत जनाएको छ । लामो समय विवादमा परेको एमसीसी सम्झौता १२ बुँदे व्याख्यात्मक घोषणासहित संसदले अनुमोदन गरेको थियो ।

एमसीसी कम्प्याक्टलाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैँ कायम राखेको विज्ञप्तिमा उल्लेख छ । साथै सम्झौता अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न सक्षम बनाउने र यसबाट बिजुलीको थप भरपर्दो आपूर्ति, यातायात तथा रोजगारी सिर्जनामा मद्दत गर्ने भनिएको छ ।

यो वर्ष नेपाल र अमेरिकाबीच कुटनीतिक सम्बन्धको ७५ औँ वर्ष हो । ‘यी ७५ वर्षमा नेपालमा अतुलनीय परिवर्तनहरू देखिएका र एमसीसी तथा अमेरिकी नागरिक यी परिवर्तनमा नेपालको साथमा उभिएका छन् । नेपालको लोकतान्त्रिक मूल्य–मान्यता र दीर्घकालीन आर्थिक समृद्धिलाई आउँदा दिनमा पनि निरन्तरता दिनेछौँ’, विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमा समस्या आएपछि घरमै आराम गर्दै एमाले अध्यक्ष ओली
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
अबको अर्जुनदृष्टि विकास र समृद्धिमा केन्द्रित हुने : अध्यक्ष प्रचण्ड
विराटनगर महानगरको मतगणनास्थलमा दुर्घटना, कर्मचारीको भागाभाग !
विराटनगर महानगरको मतगणनास्थलमा दुर्घटना, कर्मचारीको भागाभाग !
डर लाग्ने समस्या के हो ?
डर लाग्ने समस्या के हो ?
नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणकाे निर्देशन
नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणकाे निर्देशन
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
चितवन प्रहरीकाे अर्काे फड्काे, तिन महिनामा २४ चोरीका मोटरसाईकल नियन्त्रणमा !
आमाले गरिन् आफ्नै छोरामाथि यौन दुर्व्यवहार
कस्ताे व्यबस्था छ प्रदेश र जिल्ला कमिटी काे संख्यमा नेकपाकाे  विधानमा ?
कस्ताे व्यबस्था छ प्रदेश र जिल्ला कमिटी काे संख्यमा नेकपाकाे विधानमा ?
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री
पूर्वमाओवादी शक्तिबीच एकताको ठोस पहल हुँदैछ : प्रधानमन्त्री
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ
¥याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाइ

तपाईंले छुटाउनुभयो कि?