आमाले गरिन् आफ्नै छोरामाथि यौन दुर्व्यवहार

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ ७, २०७४
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी, माघ ७ ।
  • बेलायतको स्वानसी सहरनिवासी एक महिलाले आफ्नै बालक छोरोमाथि यौन हिंसा गरेको पुष्टि गर्दै त्यहाँको अदालतले उनलाई सजाय दिने फैसला सुनाएको छ ।
  • ब्वाइफ्रेन्डसँग मिलेर ती महिलाले छोरोमाथि यौनजन्य हिंसा गरेको अदालतको फैसलामा उल्लेख गरिएको छ ।

एजेन्सी, माघ ७ । बेलायतको स्वानसी सहरनिवासी एक महिलाले आफ्नै बालक छोरोमाथि यौन हिंसा गरेको पुष्टि गर्दै त्यहाँको अदालतले उनलाई सजाय दिने फैसला सुनाएको छ । ब्वाइफ्रेन्डसँग मिलेर ती महिलाले छोरोमाथि यौनजन्य हिंसा गरेको अदालतको फैसलामा उल्लेख गरिएको छ ।

‘आफ्नै छोरालाई जबर्जस्ती आफूमाथि यौन क्रियाकलाप गर्न लगाउने र नांगै भएर आफूसँग बसी सेल्फी खिच्न लगाउने काम ती महिलाले गरेको प्रमाणित भएको छ,’ समाचारमा भनिएको छ, ‘ब्वाइफ्रेन्डसँग मिलेर उनले छोरामाथि यौन दुव्र्यवहार गरेको उपलब्ध प्रमाणका आधारमा खुल्न गएको छ ।’

पीडित पक्षबाट वकालत गर्ने अधिवक्ताहरूले अदालतमा एउटा भिडियो पेश गरेका थिए, जसमा बालकलाई खाटको छेउमा राखेर आमा र उनका केटासाथीले उसकै अगाडि सेक्स गरेको देखाइएको छ । ‘ओए केटो, हामीले सेक्स गरेको हेर्दै त छस् नि’ भनेर ती मानिसले बारम्बार केटालाई भनेको समेत भिडियोमा कैद भएको छ ।

उक्त भिडियो ती मानिस आफैँले खिचेका थिए । साथै, अन्य भिडियोमा ती बालकलाई जबर्जस्ती नांगै बनाएर आमाको गुप्तांगमा ‘सेक्स टोय’ छिराउन लगाई सेल्फी खिच्न लगाएको समेत देखाइएको छ ।

ती व्यक्तिकी पूर्वप्रेमिकाले संयोगले ती भिडियो फेला पारेपछि बालकमाथि भएको यौनहिंसाको भेद खुलेको हो । अदालतले दुवै जनालाई लामो समयसम्म कारावास सजाय सुनाएको छ । कति वर्षको कारावास सजाय दिने भन्ने निक्र्योल चाहिँ अर्को सुनुवाइमा गरिने फैसलामा उल्लेख छ । पीडित बालकलाई सरकारी संरक्षणमा लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?