डर लाग्ने समस्या के हो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
डर लाग्ने समस्या के हो ?

सारांश

  • म ३२ बर्षको भए।
  • बिगत ५ बर्ष देखि मलाई डर लाग्ने समस्या ले ग्रस्त बनाएको छ।
  • ५ बर्ष पहिला को कुरा हो, साँझ पख खाना खाएर म घर मै बसी रहेको थिए एक्कासि डर लाग्यो, खल-खली पसिना आयो, मुटु जोड सङ्ग् धड्किन थाल्यो, श्वास छिटो छिटो चल्न थाल्यो र पुरै शरिरमा अनौठो तरिका ले गार्हो हुन थाल्यो।

म ३२ बर्षको भए। बिगत ५ बर्ष देखि मलाई डर लाग्ने समस्या ले ग्रस्त बनाएको छ।
५ बर्ष पहिला को कुरा हो, साँझ पख खाना खाएर म घर मै बसी रहेको थिए एक्कासि डर लाग्यो, खल-खली पसिना आयो, मुटु जोड सङ्ग् धड्किन थाल्यो, श्वास छिटो छिटो चल्न थाल्यो र पुरै शरिरमा अनौठो तरिका ले गार्हो हुन थाल्यो। यस्तो लक्षणहरु ह्रिदय घात को हो भन्ने सुनेको थिए, मलाई सुरु मा त्यहि नै कुरा याद आयो।

आफ्नो स्रिमति सङ्ग् कुरा गरे र राती नै अस्पताल गयौँ। त्यहाँ पुगे पछि सबै जाच हरु गरियो केहि पनि देखिएन सबै रिपोर्ट सामान्न्य नै आयो। यस्तो समस्या तनाबले पनि हुन्छ भन्ने कुरा चिकित्सक ले भन्नु भयो र मन ढुक्क भयो। राती नै घर फर्कियौँ। केहि दिन सम्म सामान्न्य नै रह्यो।
केही हप्ता पछि फेरि त्यस्तै गरि डर लागेर आयो, अब फेरि मरिन्छ कि , पागल नै हुन्छु कि भन्ने डर पनि लाग्न थाल्यो। करिब ३० मिनेट जती यस्तो भइ नै रह्यो, मुख सुकेको जस्तो भयो पानी
पिए यता उति हिड- डुल गरे केहि सामान्न्य जस्तो भयो। राति सुते पनि। बिहान उठ्दा भने मन र शरिर भारी भएको जस्तो लागेको थियो।

फेरि चिकित्सक सङ्ग् परामर्श को लागी गए, अरु केहि समस्या नभइ ग्यस्ट्रिक ले गर्दा भएको भन्ने कुरा थाहा भयो, ग्यस्ट्रिक को औषधी सेवन गर्न थाले। तनाब कम लिने , मनमा नकारात्मक कुरा धेरै न खेलाउने, आफु लाई काममा ब्यस्त राख्ने भन्ने सलाह दिनु भयो। केहि महिना सम्म सामान्न्य नै भए।
फेरि अकस्मात त्यहि डर फर्क्यो, फेरि त्यस्तै लक्षणहरु देखिए।

मलाई मनमा लाग्यो यो कस्तो समस्या लागेछ? चिकित्सक सङ्ग् परामर्श को लागी जादा केहि पनि देखिन्न सबै रिपोर्ट सामान्न्य नै देखिन्छन, तर डर भने फेरि फेरि लाग्ने। त्यो असस्थामा आउदा त फेरि त्यस्तै हुन्छ कि भन्ने डर पनि लाग्न थाल्यो, घर बाट टाढा जादा पनि त्यस्तै भयो भने के गर्ने होला, कसले मलाई अस्पताल पुर्याउने होला जस्ता कुरा मनमा आउन थाले। यस्ता कुरा नकारात्मक हुन, धेरै खेलाउनु हुन्न भन्ने पनि थाहा पाएको थिए, हटाउन सकेेधेरै प्रयास गरे
गरे तर कुनै पनि जुक्तिले काम गर्न छोड्यो। बेला-बेलामा बेहोस नै हुन्छु कि , पागल नै हुन्छु कि भन्ने सोच हरु पनि आउन थाले।

यो समस्या मानसिक होला कि भन्ने पनि सोचे तर फेरि मानसिक समस्या को चिकित्सक सङ्ग् परामर्श को लागि गए भने औषधी दिने होलान, मानसिक समस्या भयो भन्ने अरुले पनि थाहा पाउलान, मन कमजोर भएको मान्छे रहेछ भन्ने सोच्लान भन्ने सोच हरु ले सताउन थाले र चिकित्सक सङ्ग् जान पनि डर लाग्न थाल्यो। औषधी लामो समय खानु पर्छ होला, त्यस माथि औषधी को नकारात्मक असर पर्ने होला जस्ता कुरा हरु मनमा आउन थाले। यस्ता कुरा हरु ले गर्दा म लामो समय पिडा मा बस्न बाध्य भए, मनोरोग बिशेषज्ञ सङ्ग् पनि जान सकिन।

पछिल्लो समयमा त घर बाट निस्किन पनि गार्हो हुन थाल्यो, जे गर्दा पनि नकारात्मक कुरा मात्र मनमा आउने, अब त चाडै मर्छु होला, गाडि मा जादा पनि कतै दुर्घटना मा पर्छु कि भन्ने सोच हरु आउन थाले।
परिवार र बच्चाहरु सम्झेर एक पटक जे पर्ला पर्ला भन्दै मनोरोग बिशेषज्ञसङ्ग परामर्श को लागि गए।
मलाई औषधी सेवन गर्न मन थिएन, एक दिन मोबालमा हेर्दै गर्दा बिना औषधी सेवन गरि कन पनि यस्तो डरको समस्या निको हुन्छ भन्ने देखे। सुरुमा त यस्तो पनि होला र जस्तो लाग्यो, यति धेरै औषधी सेवन गर्दा पनि निको हुन न सकेको समस्या कुरा गरेर के निको होला र भन्ने लाग्यो। एक पट्क बिचार त गरौ भन्ने लागेर मनोचिकित्सक सङ्ग परामर्श को लागि सहमतभए।

सुरुको दिनमा आफ्ना समस्या सुनाउन पाउदा केहि राहत भए जस्तो लाग्यो। यो कुरा कानी ले मनमा झिनो आश पलायो, उहाले बोलाए अनुसार म अर्को दिन पनि आए, यसरी ४ वटा थेरापि गराउदा पहिलाको सबै डर हरु सामान्न्य भएर गयो। सहि तरिका ले थेरापि गराउन सके यो बिधि पनि अति नै प्रभावकारी हुदो रहेछ भन्ने कुरामा मलाई मलाई बल्ल बिश्वास लाग्यो।

अहिले डर को समस्या सबै हटि सकेको छ, म पहिला को जस्तै सामान्न्य अवस्थामा छु। अहिले पनि म थेरापीमा छु र केहि हप्ता अझै गर्नु पर्छ भन्नु भएको छ, ता कि यस्तो समस्या फेरि दोस्रो पटक जिवनमा न दोहरियोस र यो समस्या जुन कारण ले सुरु भएको हो त्यो पनि निर्मुल गर्न सकियोस।
यो लेख बास्तबिक समस्या मा आधारित एक हो।

यदि तपाई अथवा तपाइको कुनै पनि नजिकको ब्यक्त्तिलाई यस्तो प्रकारको समस्या छ भने एक पटक मनोचिकित्सक अथवा मनोरोग बिशेषज्ञ सङ्ग परामर्श को लागी जान सल्लाह दिनु होस। यस्तो समस्या मानसिक भएको अथवा नभएको भन्ने कुरा उहाँहरु ले निर्धारण गर्नु हुन्छ। मानसिक नै रहेछ भने केहि समय मै निको हुन्छ, बर्षौ सम्म दुख्ख सहन गरेर बस्नु पर्दैन।

लामो समय सम्म पनि उपचार न गराउदा, आफै लाई बलियो बनाउन खोज्दा, नकारात्मक सोचहरु हटाउन खोज्दा दिन प्रतिदिन ब्यक्त्ति मानसिक समस्या बाट ग्रसित हुदै जाने गर्दछन।यस्तो समस्याले डर मात्र होइन, डिप्रेसन गराउने तथा अन्तमा आत्महत्या गर्न समेत ब्यक्त्तिलाई बाध्य गराउने गरेको पनि देखिन्छ।

यस्तो समस्याको उपचार मनोचिकित्सा (कुरा-कानी बिधि) तथा औषधी सेवन दुइ वटै बिधि द्वारा सफलता पुर्बक गर्न सकिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?