माओवादी छोडेर एमाले प्रवेश गरेकालाई प्रचण्डको किन यस्तो भने ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे चुनावपछि थप छलफल गर्ने बताएका छन् ।
  • पार्टीको प्रदेश–१ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै चुनावपछि थप छलफल हुने र छलफलबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने बताए ।
  • यस्तै, उनले पछिल्लो समयमा माओवादी केन्द्र प्रवेश गर्नेको लाइन लाग्ने गरेको पनि दाबी गर्नु गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे चुनावपछि थप छलफल गर्ने बताएका छन् ।

पार्टीको प्रदेश–१ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै चुनावपछि थप छलफल हुने र छलफलबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने बताए । यस्तै, उनले पछिल्लो समयमा माओवादी केन्द्र प्रवेश गर्नेको लाइन लाग्ने गरेको पनि दाबी गर्नु गरे ।

उनले भने ः’ खुमलटारमा दिनदिनै प्रवेश गर्नेहरूको लर्काे लाग्ने गरेको छ । एमालेबाट कांग्रेसबाट साथीहरू आउने क्रम जारी छ ।’

माओवादी छाड्नेहरूको प्रसङ्गमा भने उनले एमसीसीलाई देखाएर पार्टी छाडेका नेताहरु नेकपा एमालेमा प्रवेश गरेको भन्दै टिप्पणी गरे । एमसीसीको विरोध गरेर एमालेमा जानु हास्यास्पद भएको दाहालको टिप्पणी छ ।

उनले माओवादी छोडेकालाई एमालेमा जानुभन्दा नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टीमा, नारायणमान बिजुक्छेको नेमकिमा र मोहन वैद्यको नेकपा क्रान्तिकारीमा जानु भन्दै व्यंग्य गरे ।

यस्तै उनले तत्कालका लागि एमालेको केपी गुटसँग कुनै सहमति नहुने पनि प्रष्ट पारेका छन् । प्रचण्डले आफ्नै सङ्गठन बलियो बनाएर चुनावमा जाने पनि दाबी गरे । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने पनि उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?