प्रचण्ड–माधव समूह रणनीति बनाउँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १७, २०७७
|
|
५३ पटक हेरिएको
Shares
प्रचण्ड–माधव समूह रणनीति बनाउँदै

सारांश

  • नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले भावी रणनीति बनाइरहेको छ ।
  • प्रतिनिधि सभा पुनःस्थापना भएपछि कसरी अगाडि बढ्नेबारे उक्त समूहले छलफल बढाएको हो ।
  • आज सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बसेर छलफल गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहले भावी रणनीति बनाइरहेको छ । प्रतिनिधि सभा पुनःस्थापना भएपछि कसरी अगाडि बढ्नेबारे उक्त समूहले छलफल बढाएको हो ।

आज सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ बसेर छलफल गरेका छन् । उनीहरुले २३ फागुनमा प्रतिनिधि सभा बैठक डाकिने भएकाले रणनीति बनाउन छलफल चलाएका हुन् ।

आजको बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाक्ने निर्णय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक छिट्टै डाक्ने तय गरेको बताए । तर, उनले मितिबारे उल्लेख गरेनन् । बैठक गरेपछि नेकपा प्रचण्ड माधव समूहले भावी रणनीति तय गर्ने भएको छ ।नेकपा विभाजन भएपनि कानुनी रुपमा एक छ । तर, कानुनी रुपमा संसदीय दलको नेता केपी शर्मा ओली भएकाले उनलाई हटाउन प्रचण्ड माधव समूह सकिरहेको छैन । उनीहरु ओलीको राजीनामा मागिरहेका छन् । तर, ओली राजीनामा नदिने संसदको सामना गर्ने बताइरहेका छन् ।–फाइल तस्बिर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे
राजनीतिबाट टाढा रहेका विपि कोइरालाका भतिजको वर्षा मोह, बलिउड हिरोइनको शैलीमा भिजे
छापा मार्दा कालो बजारीको आठ लाख मास्क भेटिएपछि‘
छापा मार्दा कालो बजारीको आठ लाख मास्क भेटिएपछि‘
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
 विदेशी मिडिया आउटलेट तथा संस्थाहरूसँग सहकार्य गहिरो बनाउने सम्झौतामा सिन्ह्वाद्वारा हस्ताक्षर
गैँडाको आक्रमणबाट एकको मृत्यु
गैँडाको आक्रमणबाट एकको मृत्यु
गणतन्त्र ‘सर्वजन हितायः सर्वजन सुखायः’ : प्रधानमन्त्री ओली
गणतन्त्र ‘सर्वजन हितायः सर्वजन सुखायः’ : प्रधानमन्त्री ओली
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?
युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति
युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
यसकारण एमाले–माओवादी पार्टी एकता अनिश्चित
यसकारण एमाले–माओवादी पार्टी एकता अनिश्चित