प्रधानमन्त्री देउवा भारत प्रस्थान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १८, २०७८
|
|
३४ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा भारत प्रस्थान

सारांश

  • प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट केहीबेर अघि दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री देउवाको साथमा चार जना मन्त्री पनि हुनुहुन्छ ।
  • प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाइ गरेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट केहीबेर अघि दिल्ली प्रस्थान गर्नुभएका प्रधानमन्त्री देउवाको साथमा चार जना मन्त्री पनि हुनुहुन्छ ।

प्रधानमन्त्री देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाइ गरेको थियो । प्रधानमन्त्रीलाई बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृह मन्त्री बालकृष्ण खाणलगायत पनि विमानस्थल पुग्नुभयो ।

प्रधानमन्त्री देउवासँग आज दिउँसो साढे चार बजे भारतीय विदेश मन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?