फेवातालको रत्न मन्दिरलाई संग्राहलय बनाइने
सारांश
- पोखरा ।
- गण्डकी प्रदेश सरकारले फेवातालको किनारामा रहेको रत्न मन्दिरलाई संग्राहलयका रुपमा विकास गर्ने तयारी गरेको छ ।
- रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरेको हो ।
पोखरा । गण्डकी प्रदेश सरकारले फेवातालको किनारामा रहेको रत्न मन्दिरलाई संग्राहलयका रुपमा विकास गर्ने तयारी गरेको छ । रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तयारी गरेको हो ।
नेपाल ट्रष्टको मातहतमा रहेका रत्न मन्दिर र हिमागृहलाई केन्द्रीय सरकारसँग छलफल गरी पर्यटकका लागि खुला गर्ने तयारी भइरहेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए ।
प्रदेशको पर्यटकीय केन्द्र फेवाताल किनारको रत्न मन्दिरलाई सङ्ग्रहालयका रुपमा विकास योजना रहेको उनले बताए । मन्त्रीका अनुसार संसारभरका पर्यटक नेपालको शासन सत्ताका बारेमा अध्ययन गर्ने र शासकको निजी जीवन हेर्ने एक सङ्ग्रहालय बनाउने तयारी छ ।
स्व राजा वीरेन्द्र शाहको नाममा रहेको १११ रोपनी क्षेत्रफलमा रहेको रत्न मन्दिर रत्नमन्दिर २०६७ सालदेखि नेपाल ट्रष्टको स्वामित्वमा छ । देखि नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ ।
प्रतिक्रिया