बिहेको लोभ देखाउँदै ४२ लाख ठगी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७८
|
|
३० पटक हेरिएको
Shares
बिहेको लोभ देखाउँदै ४२ लाख ठगी

सारांश

  • विवाहको प्रलोभन देखाई ठगी गरेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन् ।
  • प्रहरीले नविन भनिने ५२ वर्षीय लोकबहादुर श्रेष्ठलाई विशालनगरबाट पक्राउ गरेको हो ।
  • हाल काठमाडौँको धापासी बस्दै आएका रामेछाप साँघुटार–३ का श्रेष्ठले ४२ लाख ३४ हजार रुपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।

विवाहको प्रलोभन देखाई ठगी गरेको आरोपमा काठमाडौँमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले नविन भनिने ५२ वर्षीय लोकबहादुर श्रेष्ठलाई विशालनगरबाट पक्राउ गरेको हो ।

हाल काठमाडौँको धापासी बस्दै आएका रामेछाप साँघुटार–३ का श्रेष्ठले ४२ लाख ३४ हजार रुपैयाँ पीडितबाट ठगी गरेको आरोप छ ।

उनले पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर कहिले आफू बिमारी परेको त कहिले झारफुकका लागि भन्दै सो रकम पठाउन लगाएर ठगी गरेको प्रहरीले जनाएको छ ।

पीडितले पटक–पकट गरी आईएमई र सिटीएक्सप्रेसमार्फत् श्रेष्ठलाई रकम पठाएकी थिइन् । अभियुक्त श्रेष्ठलाई पक्राउ गरी ठगी कसुरअन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?