मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २८, २०७५
|
|
१६ पटक हेरिएको
Shares
मनाेरञ्जन : चर्चित सुपरस्टार प्रकाश राजले धर्म परिवर्तन गरेकै हुन्?

सारांश

  • एजेन्सी।
  • दक्षिण भारतीय सुपरस्टार प्रकाश राजका केही तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भएका छन्।
  • यी फोटो लिक गर्नेले प्रकाश राजले धर्म परिर्वन गरेको दाबी गरेका छन्।
एजेन्सी। दक्षिण भारतीय सुपरस्टार प्रकाश राजका केही तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भएका छन्। यी फोटो लिक गर्नेले प्रकाश राजले धर्म परिर्वन गरेको दाबी गरेका छन्। सामाजिक संजाल प्रयोगकर्ताका अनुसार प्रकाश राज इसाई बनेका छन्। 
यो समाचारसँगै प्रकाश राजका त्यो समयको फोटो पनि भाइरल भइरहेको छ जब उनी आइबार बेंगलुरुको बेथेल चर्चमा गएका थिए। 
प्रकाश राजको चर्चका पादरीसँग खिचिएको फोटो फेसबुक ग्रप ‘वी सपार्ट अजित डोवाल’ ले शेयर गर्दै प्रकाश राजलाई पाखण्डी भनेका छन्। सामाजिक संजालमा प्रकाश राजलाई ‘भगवान अयप्पा बनाम इसाई भगवान’ भनेर ट्रोल गरिएको छ। उता हिन्दु समर्थक समाजिक संजाल प्रयोगकर्ताले प्रकाश 
राजमाथि हिन्दुलाई घृणा गर्ने ईसाई धर्मको प्रचार गरेको आरोप लगाएका छन्। 
अर्का समाजिक संजाल प्रयोगकर्ता समेश रामचन्द्रनले ट्विट गर्दै भनेका छन्, ‘प्रकाश राज यस ढोँगी पादरीसँग प्रार्थना गरिरहेका छन्, जसले कर्नाटकमा हजारौं हिन्दूलाई ईसाई धर्ममा परिवर्तन गराएका छन्।’ 
सामाजिक संजालमा भाइरल भइरहेको प्रकाश राजको फोटो वास्तविक हो। तर धर्म परिवर्तनसँग यो फोटोको कुनै सम्बन्ध छैन। प्रकाश राजको धामिर्क स्थल जस्तै मस्जिद, गुरुद्वारा या मन्दिर गएको फोटो शेयर गरिएको छैन्।
प्रकाश राज चर्च मात्रै जान्छन् भन्ने होइन। उनको अफिशियल ट्विटर र फेसबुक पेजमा मस्जिद, चर्च र गुरुद्वारा गएको फोटो पनि छन्।  उनले ट्विट गर्दै भनेका थिए, –सबै धर्मको  सम्मान गर्नु र त्यसका बदलामा सबैबाट सम्मान र आशिष हासिल गर्नु हाम्रो  देशको आत्मामा छ। आउनु समावेशी भारतको गुणगान गरौं र समावेशी भारतको सुनिश्चित गरौं।’
प्रकाश राज आफूलाई नास्तिक मान्छन्। सामाजिक संजालमा यही कुरालाई प्रहार गरिएको छ। 
भगवान नमान्ने विषयमा उनले अभिव्यक्ति नै दिएका थिए। एक भिडियोमा प्रकाश राजले महिलालाई केरलको सबरीमला मन्दिरमा प्रवेश गर्न नदिएको सन्र्दभमा उक्त कुरा बताएका थिए। प्रकाश राजले भनेका थिए, ‘जो भक्त मेरी आमाको पूजा गर्नबाट बञ्चित गर्छ, त्यो मेरो धर्म होइन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?