हुम्ला दुर्घटना (अपडेट): स्वास्थ्य परीक्षणपछि सबै डिस्चार्ज
सारांश
- काठमाडौं, १३ मंसिर।
- हुम्लाको सिमिकोट बिमानस्थलको धवनमार्ग छाड्ने वित्तिकै दुर्घटना परि घाइते भएका सबै उपचारपछि डिस्चार्ज छन्।
- सो विमान सञ्चालन गर्दै आएको यति एयरलाइन्सले आफ्नो ट्विटरमा स्वास्थ्य परीक्षणपछि डिस्चार्ज गरिएको जनाएको छ।
काठमाडौं, १३ मंसिर। हुम्लाको सिमिकोट बिमानस्थलको धवनमार्ग छाड्ने वित्तिकै दुर्घटना परि घाइते भएका सबै उपचारपछि डिस्चार्ज छन्। सो विमान सञ्चालन गर्दै आएको यति एयरलाइन्सले आफ्नो ट्विटरमा स्वास्थ्य परीक्षणपछि डिस्चार्ज गरिएको जनाएको छ।
सबैलाई स्वास्थ्य परीक्षण नेपालगञ्जमा भएको थियो।
मंगलबार बिहान सिमिकोट विमानस्थलबाट नेपालगञ्जका लागि उड्न लागेको विमानले धावनमार्ग छाड्ने वित्तिकै दुर्घटनामा परेको थियो। नाइन एन एबिएम बिमान धावनमार्ग छाड्ने वित्तिकै खाद्य गोदाम नजिकै दुर्घटनामा परेको थियो।
तारा एअरको ट्वीन अटर जहाज 9N-ABM मा यात्रा गर्दा जहाज सिमिकोट धावन मार्गबाट बाहिर पुगेको र सो जहाजमा सवार सम्पूर्ण यात्रीहरु र उडानदलका कर्मचारीहरुलाई स्वास्थ्य परिक्षण गरेर डिस्चार्ज गरेको सूचना जनौदछौ। थप जानकारीका लागि 01-4465888
यहाँहरुको सदभाव र सहयोगको लागि हामी आभारी छौ|— Yeti Airlines (@FlyYeti) November 28, 2017
सो विमानमा चालक दलका तीन र १३ यात्री सबार थिए। यात्री सबै पहिलो चरको चुनावमा खटिएर हुम्लाबाट नेपालगञ्ज फर्किन लागेको प्रहरी रहेका थिए।
प्रतिक्रिया