कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७८
|
|
३२ पटक हेरिएको
Shares
कांग्रेसले प्रदेश १ मा बनायो चुनाव प्रचारप्रसार समिति

सारांश

  • खोटाङ।
  • नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ।
  • कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो।

खोटाङ। नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ। कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको हो। ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत प्रदेश समितिका सबै पदाधिकारी, प्रदेश कार्य सम्पादन समितिका सदस्य, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरु रहेको समिति गठन गरिएको प्रदेश महामन्त्री भूपेन्द्र राईले बताए।
प्रदेश समितिका सबै पदाधिकारी रहने प्रदेश कार्यसम्पादन समिति गठन गरिएको छ। सदस्यमा गुरुराज घिमिरे, कैलाश आले, सान्नीमायाँ तामाङ, रेजिना भट्टराई, सेबित्रा आङदेम्वे, मदन संग्रौला, केशरबहादुर बस्नेत, राजकुमार बराइली, विमला राई, नन्दकुमार नेम्वाङ, सञ्जय भट्टराई, कुमार लुइटेल, विमल आचार्य, मिरा खड्का, राजेन्द्र घले, लोकेन्द्र राई, शेखरचन्द्र थापा, रामकुमार थापा, लक्ष्मीकुमार चौधरी, कृति चौधरी, सोमनारायण सोवदार र किरण भट्टराईलाई मनोनित गरिएको छ।
कांग्रेस प्रदेश समितिले स्थानीय तहको ‘टिकट वितरण समिति’ गठन गरेको छ । प्रदेश १ भित्रका नगरपालिका, उपमहानगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख तथा उपप्रमुखको टिकट वितरणका लागि ‘टिकट वितरण समिति’ गठन गरेको हो । प्रदेश समितिका सबै पदाधिकारी रहने समितिमा नौ जना सदस्य मनोनयन गरिएको छ। समितिमा गुरुराज घिमिरे, केशरचन्द्र थापा, मदन संग्रौला, सिजन गुरुङ, लोकेन्द्र राई, विमला राई, उत्तमबहादुर चम्लागाई, जितेन्द्रसिं ठकुरी र रेजिना भट्टराईलाई मनोनयन गरिएको कांग्रेसले जनाएको छ । सो समितिले प्रदेश १ का ४६ नगरपालिका, दुई उपमहानगरपालिका र १४ जिल्ला समन्वय समितिको उम्मेद्वारको टिकट टुंग्याउने महामन्त्री राईले बताए।
बैठकले सहमहामन्त्री विनोद बस्नेतको नेतृत्वमा ५ सदस्यीय अनुशासन समिति गठन गरेको छ । यस्तै, १४ वटा विभाग गठन गरिएको छ। [image: congress-province1.jpg.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउथ ह्याम्पटनसंगको खेलमा वेष्ट ह्याम युनाईटेड विजयी
साउथ ह्याम्पटनसंगको खेलमा वेष्ट ह्याम युनाईटेड विजयी
सिमलताल पहिरोः नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि
सिमलताल पहिरोः नारायणीमा भेटिएको शव बेपत्ता बसका यात्रु भएको पुष्टि
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
भोलिदेखि नै लागू हुने गरी निजी सवारीसाधन जोरबिजोरको आधारमा सञ्चालन गर्न दिने  
भारतका लागि नेपालमा गणतन्त्र र धर्मनीरपेक्ष प्रतिकूल बनेको हो ?
भारतका लागि नेपालमा गणतन्त्र र धर्मनीरपेक्ष प्रतिकूल बनेको हो ?
१३ हजार घुससहित वडा सचिव पक्राउ, गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध
गण्डकी धौलागिरी पेट्रोलियमकाे अध्यक्षमा गोगंजु चयन
गण्डकी धौलागिरी पेट्रोलियमकाे अध्यक्षमा गोगंजु चयन
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
चर्को विरोधपछि पूर्वराजालाई काठमाडौँ आउन सवारी पास
रामेछापको पछिलो मत परिणाम !
रामेछापको पछिलो मत परिणाम !
विमान दुर्घटनाको चालीस दिनपछि चार बालबालिकाको जीवितै उद्धार
विमान दुर्घटनाको चालीस दिनपछि चार बालबालिकाको जीवितै उद्धार
हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा
हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

तपाईंले छुटाउनुभयो कि?