नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल विघटन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
नेकपाको सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल विघटन

सारांश

  • काठमाडौं।
  • विवादकाबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ।
  •   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकता टुंगो लगाउन आवश्यक सुझाव तयार पार्न गठित कार्य दल विघटन गरेको हो।
काठमाडौं। विवादकाबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सांगठनिक एकता टुंगो लगाउन गठित कार्यदल भंग गरेको छ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सांगठनिक एकता टुंगो लगाउन आवश्यक सुझाव तयार पार्न गठित कार्य दल विघटन गरेको हो। 
बिहीबार बसेको बैठकमा कार्य दलका संयोजक रामबहादुर थापाले प्रतिवेदन पेश गर्दै एक हप्ता समय थप गर्न माग गरेका थिए। पार्टीको सांगठनिक एकताको खाका तयार पार्ने क्रममा विवाद भएपछि सो जिम्मेवारी सचिवालयले आफैले गर्ने गरी कार्यदल विघटन गरिएको बताइएको छ। कार्य दलको काम सचिवालय आफैले गर्ने र स्थायी समिति बैठक बोलाएर निर्णय लिने गरी कार्य दल विघटन गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले सचिवालयले सो सम्बन्धि प्रस्ताव तयार पारी स्थायी समिति बैठकमा पेश गर्ने निर्णय गरेको छ।
पार्टीको सांगठनिक एकताको काम टुंगो लगाउने जिम्मेवारी पूरा गर्न नसकेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बैठकमा कार्य दल विघटन गर्ने प्रस्ताव गरेका थिए।  
कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म कार्यदलले गरेको कामको प्रतिवेदन बुझाउदै सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि एक साता समय थप गर्न प्रस्ताव गरेका थिए। बैठकमा संयोजक थापा सहित कार्यदलका सबै सदस्यले बाकी काम सम्पन्न गर्नका लागि केही समय आवश्यक पर्ने भन्दै समय थप्न सचिवालयसँग माग गरेका थिए। 
गृहमन्त्री समेत रहेका थापा संयोजकत्वको कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी ििसमत सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, बर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य थिए। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?