साउथ ह्याम्पटनसंगको खेलमा वेष्ट ह्याम युनाईटेड विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
२० पटक हेरिएको
Shares
साउथ ह्याम्पटनसंगको खेलमा वेष्ट ह्याम युनाईटेड विजयी

सारांश

  • काठमाडौँ,१३ पुस ।
  • इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले साउथ ह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ।
  • साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्ट ह्यामको तर्फबाट फेलिपे एन्डर्सनले दुबै गोल गरेका थिए भने साउथह्याम्प्टनका तर्फबाट नाथन रेडठमण्डले मात्र एक गोल फर्काउन सकेका थिए।

काठमाडौँ,१३ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले साउथ ह्याम्पटनलाई २–१ गोल अन्तरले पराजित गरेको छ।साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्ट ह्यामको तर्फबाट फेलिपे एन्डर्सनले दुबै गोल गरेका थिए भने साउथह्याम्प्टनका तर्फबाट नाथन रेडठमण्डले मात्र एक गोल फर्काउन सकेका थिए।

जितसँगै वेष्ट ह्याम युनाईटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ। समान खेलबाट ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ।

४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?