प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद,विवेकशील साझाका ३ सांसद

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
३० पटक हेरिएको
Shares
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउने ५ दल, एक सिटे पाँच सांसद,विवेकशील साझाका ३ सांसद

सारांश

  • २ पुष, काठमाण्डौ ।
  • प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ ।
  • कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।

२ पुष, काठमाण्डौ । प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड छ । कुल सदर मतको ३ प्रतिशत अर्थात २ दाख ८६ हजार ३४२ मत नपाएका दलहरुले समानुपातिक सिट पाउने छैनन् ।

 

यदि यही मतलाई अन्तिम अन्तिम रुप दिइयो भने समानुपातिकमा पाँच दलले मात्र सिट पाउनेछन् । एमालेले ४१ सिट पाउँदा कांग्रेसले ४० सिट पाउनेछ ।

माओवादी केन्द्रले १७ सिट पाउने देखिन्छ भने राजपा र फोरमले समान ६–६ सिट पाउनेछन् ।

नयाँ दल विवेकशील साझा समानुपातिकतर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन । दोस्रो संविधानसभामा समानुपातिकतर्फ २४ सिट पाएको राप्रपा (तत्कालीन राप्रपा नेपाल) पनि थ्रेस होल्ड पार गर्न असफल रहृयो ।

पशुपति शम्शेर राणाको राप्रपा प्रजातान्त्रिक, डा. बाबुराम भट्टराईको नयाँ शक्ति र चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा र नारायणमान विजुक्छे नेतृत्वको नेमकिपा पनि थ्रेस होल्डका कारण समानुपातिकमा सिट पाउन असफल रहे ।

१६५ सदस्यीय प्रतिनिधिसभामा पाँच दल मात्र राष्ट्रिय दल बन्न सफल भएका छन् ।

एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रत्यक्षतर्फ ८० (दुई स्वतन्त्रसहित) सिट जितेको एमालेले समानुपातिकमा ४१ सिट पाउँदा कुल १२१ सिटसहित पहिलो दल बन्नेछ ।

प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेस ६३ सिटसहित दोस्रो र प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी ५३ सिटसहित तेस्रो दल बन्नेछ । तर, दुबै पहिलो दल एमाले भन्दा निकै सानो छन् । कांग्रेस र माओवादी मिल्दा पनि एमाले बराबर हुँदैन ।

पहिलो संविधानसभामा ठीक विपरित थियो । एमाले र कांग्रेस मिल्दा पनि माओवादी ठूलो दल थियो ।

प्रतिनिधिसभामा दुई क्षेत्रीय दल आएका छन् । राजपा चौथो दल बनेको छ भने फोरम पाँचौं दल ।

प्रत्यक्षतर्फ ११ सिट जितेको राजपा र १० सिट जितेको फोरमले समानुपातिकमा समान ६र६ सिट पाएका छन् । समग्रमा मधेस केन्द्रीत दुई दलको ३३ सिट हुनेछ ।

अन्य दल भने एक सिटे भएका छन् । राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र नेमकिपाले प्रत्यक्षतर्फ एक एक सिट जितेका छन् । एक स्वतन्त्र सांसद पनि छन् ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेका चार दल प्रतिनिधिसभामा दलकै रुपमा रहनेछन् । तर, राष्ट्रिय दलको मान्यता नपाएका कारण उनीहरुले संसदीय दलको कार्यालय लगायतका सेवा सुविधा भने पाउने छैनन् ।

प्रतिनिधिसभामा १ सिट मात्र हुने दल

१. राष्ट्रिय प्रजातन्त्र पार्टी

२. नयाँ शक्ति

३. राष्ट्रिय जनमोर्चा

४. नेमकिपा

प्रदेशसभाका लागि समानुपातिकबाट कुन दलले कति सिट पाउँदैछन् ?

प्रदेश १
एमाले १५
कांग्रेस १३
माओवादी ५
फोरम २
राप्रपा १
सं.लो.रा.मञ्च १
कुल ३७
प्रदेश २
कांग्रेस ११
राजपा १०
फोरम ९
एमाले ७
माओवादी ५
ने.सं.स. पार्टी १
कुल ४३
प्रदेश ३
एमाले १६
कांग्रेस १४
माओवादी ८
विवेकशील ३
राप्रपा १
राप्रपा (प्र) १
नेमकिपा १
कुल ४४
प्रदेश ४
एमाले १०
कांग्रेस ९
माओवादी ३
नयाा शक्ति १
राजमो १
कुल २४
प्रदेश ५
एमाले १३
कांग्रेस १२
माओवादी ६
फोरम २
राजपा १
राजमो १
कुल ३५
प्रदेश ६
एमाले ६
कांग्रेस ५
माओवादी ४
राप्रपा १
कुल १६
प्रदेश ७
कांग्रेस ८
एमाले ८
माओवादी ४
राजपा १
कुल २१

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?