भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई जुत्ताको माला र कालो मोसो

सारांश

  • स्थानीय तहमा हुने आर्थिक अनियमिता र भ्रटाचारप्रति जनताले चासो राख्न थालेका मात्रै छैनन् उस्तै परे कारवाही र प्रतिकारको तहमा पनि उत्रिन थालेका छन् ।
  • कहाँ कति खर्च भयो र कतै अनियमितता भएको थाहा पाए किन गरियो भनेर जनताले जनप्रतिनिधसँग हिसाव माग्न पनि माग्न थालेका छन् ।
  • बझाङको बुङ्गल नगरपालिका बडा नं ९ का वडाध्यक्ष देउमाल धामीले आर्थिक हिनामिना गरेको भन्दै त्यहाँका जनताले कारवाही गरेका छन् ।

स्थानीय तहमा हुने आर्थिक अनियमिता र भ्रटाचारप्रति जनताले चासो राख्न थालेका मात्रै छैनन् उस्तै परे कारवाही र प्रतिकारको तहमा पनि उत्रिन थालेका छन् । कहाँ कति खर्च भयो र कतै अनियमितता भएको थाहा पाए किन गरियो भनेर जनताले जनप्रतिनिधसँग हिसाव माग्न पनि माग्न थालेका छन् ।

बझाङको बुङ्गल नगरपालिका बडा नं ९ का वडाध्यक्ष देउमाल धामीले आर्थिक हिनामिना गरेको भन्दै त्यहाँका जनताले कारवाही गरेका छन् । वडाध्यक्ष धामीमाथि कृषिका लागि विनियोजन गरिएको साढे तीन लाख रुपैयाँ दुरुपयोग गरेको आरोप लागेको छ । वडाध्यक्षले विनियोजित रकममध्ये ५० हजार रुपैयाँको मात्रै विउविजनन किनेको र बाँकी रकम हिनामिना गरेको भन्दै किसानहरुले उनलाई कालो मोसो दलेर र जुत्ताको माला लगाएर कारवाही गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?