हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०८०
|
|
५४ पटक हेरिएको
Shares
हेल्लो सरकारको २४ सै घण्टे सेवापछि गुनासो बढ्दो क्रममा

सारांश

  • काठमाडौं।
  • हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेकाे बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेकी थिइन्।

काठमाडौं। हेल्लो सरकारको २४ घण्टे सेवा सुरुआतपछि कार्यान्वयन प्रक्रियालाई तीव्रता दिएसँगै गुनासा बढ्न थालेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेकाे बिगु गाउँपालिका दोलखाको गुनासो सम्बोधन गरी आइतबार शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत सोमबार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका-८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा ‘बेड’ नपाएको गुनासो गरेकी थिइन्। गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री दाहालको सचिवालयले जानकारी दिएको छ।

सचिवालयका अनुसार उक्त सेवापश्चात फोनमार्फत गुनासो टिपाउने सङ्ख्या अधिक रहेको तथा आम नागरिकको चासो र विश्वास बढेको देखिएको छ।

नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको, नयाँ सुरुआतको लागि शुभकामना दिनका लागि फोन गर्ने गरेको पनि पाइएको छ। आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको जानकारी गराइएको छ।

यस्तै सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिकरूपमा बढ्दो क्रममा रहेको, सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

यस्तै प्यान लिन के गर्नुपर्छ ? नागरिकताको विवरण कसरी सच्चाउन मिल्छ? जस्ता जानकारी पनि माग हुने गरेको पाइएको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आज देखि मौन अवधि सुरु: आजबाट के गर्न पाइन्छ, के गर्न पाइँदैन?
आफू काम बिगार्ने, आरोप मलाई लगाउने ?
आफू काम बिगार्ने, आरोप मलाई लगाउने ?
कुमार पौडेल मृत्यु प्रकरणमा एक हप्ताभित्र प्रतिवेदन बुझाउन गृहमन्त्रीलाई निर्देशन
यसकारण फ्रिजको चिसो पानीसीधै नपिउँनुस्
यसकारण फ्रिजको चिसो पानीसीधै नपिउँनुस्
प्रधानमन्त्री ओलीले पनि दशैंको टीका लगाइ दिदै
प्रधानमन्त्री ओलीले पनि दशैंको टीका लगाइ दिदै
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
‘फौजदारी’ संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई असर पारेको भन्दै संशोधन गर्न माग !
​सोमलालले निहुराएको राष्ट्रको शिर
​सोमलालले निहुराएको राष्ट्रको शिर
प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध किन दायर गर्यो रिट ?
प्रदेश २ सरकारले संघीय सरकार विरुद्ध किन दायर गर्यो रिट ?
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि
फूटबलमा ५ वर्षपछि नेपाल सेमिफाइनलमा
फूटबलमा ५ वर्षपछि नेपाल सेमिफाइनलमा