राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २५, २०७८
|
|
२५ पटक हेरिएको
Shares
राजदूतमा सिफारिस भएकाहरु को–कस्का नातागोता

सारांश

  • काठमाडौं ।
  • सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ ।
  • निर्वाचन आयोगले स्थानीय तहनिर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरिरहेका बेला सरकारले त्यसअघि नै राजनीतिक भागबन्डाका आधारमा विभिन्न नियुक्ति गरेको हो ।

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ । निर्वाचन आयोगले स्थानीय तहनिर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरिरहेका बेला सरकारले त्यसअघि नै राजनीतिक भागबन्डाका आधारमा विभिन्न नियुक्ति गरेको हो ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । सिफारिस भएकामध्ये आठ जना परराष्ट्र सेवाका सहसचिव छन् । बाँकी १२ जनालाई राजनीतिक नियुक्तिका आधारमा सिफारिस गरिएको छ ।
यसैगरी, मन्त्रिपरिषद्ले अन्य कैयांै नियुक्तिहरू गरे पनि त्यसलाई गोप्य राखिएको छ । आचारसंहिता लागे पनि पुरानै मितिमा निर्णय गरिएको सन्देश दिन कैयांै नियुक्तिमा सैद्धान्तिक सहमति दिइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । निर्वाचन आचारसंहिता लागू भए पनि सरकारले कुनै नियुक्ति तथा सरुवा बढुवा गर्न पाउनेछैन ।
राजदूत नियुक्तिको सिफारिसमा नेकपा एसको कोटामा सो पार्टीका अध्यक्ष माधवकुमार नेपालका बहिनी ज्वाइँ कैलाश पोखरेलदेखि ओली सरकारको नियुक्तिका कारण फिर्ता भएकी शर्मिला पराजुली ढकालसमेत परेकी छन् । पोखरेल अस्ट्रेलिया र पराजुली स्पेनका लागि सिफारिस भएको जनाइएको छ ।
त्यस्तै, श्रीलंकाको राजदूतका लागि सिफारिस भएका बासुदेव मिश्र ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुन् । चीनको राजदूतमा माओवादी कोटाबाट विष्णु पुकार श्रेष्ठ सिफारिसमा परेका छन् । त्यस्तै जसपाको कोटाबाट पूर्व सांसद नवराज सुवेदीले राजदूत बन्ने अवसर पाएका छन् । यसअघि श्रीलंकाको राजदूतबाट राजीनामा दिएका विश्वम्भर प्याकुरेलकी पत्नी ज्योति प्याकुरेललाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार दक्षिण अफ्रिकामा दानबहादुर तामाङ र इजरायलमा शान्ता रिजालको नाम सिफारिस भएको छ भने जसपाका रामसुरज राय डेनमार्कका लागि सिफारिस भएका छन् । रसियाको राजदूतका लागि मिलन तुलाधर सिफारिस भएका छन् भने श्रीलंकामा बासुदेव मिश्र सिफारिसमा परेका छन् । उनीहरू सबै राजनीतिक दलको कोटाबाट भएका हुन् । त्यस्तै डिल्लीराज पौडेल मलेसियाको राजदूतमा सिफारिस भएका छन् ।
परराष्ट्र सेवाबाट सहसचिव दुर्गाबहादुर सुवेदी, घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, भरतकुमार रेग्मी र निर्मलराज काफ्लेको सिफारिस भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।[image: Cabinet-deuba.jpg]

(https://linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
यसरी हुन्छ नेपालमा सुन तस्करी, १ किलोमा १९ लाखदेखि ३० लाख रुपैयाँसम्म नाफा
प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा
प्रदेश तीनको राजधानी हेटौंडा नै हुनुपर्छ: अध्यक्ष थापा
आज माघे सङ्क्रान्ति पर्व देशभर मनाइँदै
आज माघे सङ्क्रान्ति पर्व देशभर मनाइँदै
एकीकृत भन्सारको भवन निर्माणले गति लियो
एकीकृत भन्सारको भवन निर्माणले गति लियो
करेन्ट लागेर मृत्यु :
करेन्ट लागेर मृत्यु :
कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो
कल्पनाले आमालाई सुनाएकी थिइन्( मान्छे मारेर प्याक प्याक पारेर फालेको रहेछ, कुकुरले टाउको र खुट्टा पहिल्यायो
तीन दलले जिते एक सयभन्दा बढी पालिकाको प्रमुख
किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’- काठमाडौं मा रुख रोप्ने योजना
किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’- काठमाडौं मा रुख रोप्ने योजना
नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर
नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर

तपाईंले छुटाउनुभयो कि?