आजकाे राशीफल

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ७, २०७९
|
|
३५ पटक हेरिएको
Shares
आजकाे राशीफल

सारांश

  • मेष (चु.
  • चे.
  • चो.

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : तपाईंलाई आज मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेको काममा सफलता प्राप्त हुनेछ । आजको दिन देवालयमा पुगेर गरिव र भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : दिन त्यति अनुकुल छैन । मनमा चिन्ता, असन्तुष्टी रहन सक्छ । लामो यात्राका लागि अवसर आउने छ । धार्मिक क्षेत्रको यात्रा गर्ने अवसर छ भने अघि बढ्नु बेस हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले तपाईंको नजिकै हरेको कुनै पनि देवीदेवताको दर्शन गरेर मात्र यात्राको सुरुवात गर्नु शुभ हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : मिथुन राशिका जातकाका लागि आजको दिन आफन्तजनबाट सहयोग मिल्नेछ । मित्र र आफन्तलाई दिनुभएको सहयोग पैसा फिर्ता हुनसक्छ । परिवारका सदस्यबाट तपाईंले गरेको कामको प्रशंसा हुनेछ । यात्राको अवसर आएका आजको दिन बिहान सूर्योदयको दर्शनपछि यात्रा गर्नुहाेला ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई दिनुभएमा खुसी छाउने छ । नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । सामाजिक मानसम्मानसमेत मिल्नेछ । आजको दिन कसैसँग पनि मनोभाव हुने कुरा नगर्नुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंको मनमा प्रसन्नता छाउने छ । आजको दिन मौन रहनु नै बेस हुनेछ । एकाग्रताको आवश्यकता भएको हुनाले आफूले गरेको काममा दत्तचित्त भएर लाग्नु राम्राे हुनेछ । आजको दिन परिवारका सदस्यसँग वादविवाद नगर्नु हाेला । सकारात्मक सोच राखेर काम गर्नुहोला ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : व्यापारव्यवसायबाट लाभ हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसीयाली छाउने छ । अध्ययनअध्यापनको क्षेत्रका कार्य गरिहनु भएको सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र समृद्धि हुनेछ ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : व्यापारबाट केही फाइदा हुने काम हुनेछ । मनमा चिन्ता र भय हटेर जानेछ । आत्मबल बलियो बनाउनु पर्नेछ । देवालय र शिवालयको नामस्मरण गर्नुहोला । आजको दिन सोच अनुसारको काम हुनेछ । बिहान सूर्योदयको दर्शन गरेर कामको शुरुवात गर्नुहोला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारबाट फाइदा हुनेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुले समेत कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ । सकारात्मक सोच राख्नै असक्तलाई भोजन र वस्त्र दान गर्नु निकै राम्रो हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : मित्र र आफन्तलाई आजको दिन भेट गर्दा सकारात्मक उर्जा भरिने छ । मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । आजको नयाँ वस्त्र खरिद गरेर परिवारका सदस्यलाई उपहार खरिद गर्दा खुसियाली छाउने छ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ । कन्यालाई केही नयाँ उपहार दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । देवालय र शिवालयमा नाम स्मरणले मात्र मनमा हर्ष छाउने छ । गौमाता र भोका जनावरलाई केही खाना दिनु भयो भने फाइदा पुग्नेछ ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गरेर मात्र यात्रा गरे बेस हुनेछ । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । आजको दिन अनुकुल देखिदैन । आर्थिक हानी हुनसक्छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ । अध्ययन अध्यापनको क्षेत्रमा पनि सफलता मिल्नेछ । घर व्यवहारका लागि चाहिने सामान खरिद गर्न सक्नुहुनेछ । [image: rashiphal.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नढाँट्ने ठग सुन्दरी:  प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
नढाँट्ने ठग सुन्दरी: प्रहरी भन्छ ‘किन ठग्यौ ?’ सुन्दरी भन्छिन् ‘मेरो कामै ठग्ने हो’
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु
काठमाडौं ५ र ७ को रातभर रोकिएको मतगणना सुरु
पूर्व सांसदले ३१ वटा ल्यापटप गायव पारे
पूर्व सांसदले ३१ वटा ल्यापटप गायव पारे
९ वर्षिय पूजाले हराएका बुवालाई सम्झेर गाइन यस्तो गीत (भिडियो सहित)
९ वर्षिय पूजाले हराएका बुवालाई सम्झेर गाइन यस्तो गीत (भिडियो सहित)
शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ
शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा एक विद्यार्थी पक्राउ
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
लालपुर्जा पाएपछि मोहीयानीका आँखामा खुसीको आँशु
लालपुर्जा पाएपछि मोहीयानीका आँखामा खुसीको आँशु
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
प्रधामन्त्री ओली दम्पत्ती डोनाल्ड ट्रम्प जोडीले आयोजना गर्ने स्वागतमा सहभागी हुने
राष्ट्रपति भारत भ्रमणमा जाँदा-आउँदा दुबै दिन सार्वजनिक विदा
राष्ट्रपति भारत भ्रमणमा जाँदा-आउँदा दुबै दिन सार्वजनिक विदा

तपाईंले छुटाउनुभयो कि?