जुगल इङलिस मिडियम स्कुल कपनले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै
सारांश
- काठमाडाै, २४ जेठ ।
- जुगल इङलिस मिडियम स्कुल कपनले बृहत रक्तदान कार्यक्रम गर्ने भएकाे छ।
- बुढानिलकण्ठ नगरपालिका वडा न १० मा अवस्थित जुगल ले यहि जेष्ठ २६ गते शनिबारका दिन आफ्नै विद्यालय परिसर कपनमा ‘रक्तदान जीवनदान भन्ने नारा सहित’ बृहत रक्तदान कार्यक्रम सन्चालन गर्ने भएकाे हाे ।
काठमाडाै, २४ जेठ । जुगल इङलिस मिडियम स्कुल कपनले बृहत रक्तदान कार्यक्रम गर्ने भएकाे छ।
बुढानिलकण्ठ नगरपालिका वडा न १० मा अवस्थित जुगल ले यहि जेष्ठ २६ गते शनिबारका दिन आफ्नै विद्यालय परिसर कपनमा ‘रक्तदान जीवनदान भन्ने नारा सहित’ बृहत रक्तदान कार्यक्रम सन्चालन गर्ने भएकाे हाे ।
जेष्ठ ३१ गतेका दिन परेको विश्व रक्तदाता दिवसको अबसरमा बढी भन्दा बढी रक्तदाताको सहभागीता रहोस भनी जेष्ठ २६ गते शनिबार विदाको दिन पारेर उक्त कार्यक्रमको आयोजना गर्न लागिएको कुराको जानकारी विद्यालयका प्रीन्सिपल विवेक विनयीले शिखर न्युजलाई गराए ।
स्कुलले उक्त रक्तदान कार्यक्रम बिहान १० बजे देखि दिउँसो १ बजे सम्म सञ्चालन रहने बताउदै सहभगिताको लागि अपिल समेत गरेकाे छ ।
उक्त विद्यालयले यसभन्दा अघि चार पटक रक्तदान कार्यक्रम सञ्चालन गरिसकेको छ।
प्रतिक्रिया