विवाद पछि आमिर खानकी छोरी आइराले पुनः सेयर गरिन् बिकिनी फोटो

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२० पटक हेरिएको
Shares
विवाद पछि आमिर खानकी छोरी आइराले पुनः सेयर गरिन् बिकिनी फोटो

सारांश

  • आमिर खानकी छोरी आइरा खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।
  • आइराले सामाजिक सञ्जालमा फोटो राख्ने बित्तिकै त्यो चर्चाको विषय बन्ने गर्छ ।
  • हालै आइराले आफ्नो २५ औँ जन्मदिनका तस्बिर सेयर गरेकी थिइन् जसमा उनले बिकिनी लगाएको देख्न सकिन्थ्यो ।

आमिर खानकी छोरी आइरा खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आइराले सामाजिक सञ्जालमा फोटो राख्ने बित्तिकै त्यो चर्चाको विषय बन्ने गर्छ । हालै आइराले आफ्नो २५ औँ जन्मदिनका तस्बिर सेयर गरेकी थिइन् जसमा उनले बिकिनी लगाएको देख्न सकिन्थ्यो । आइरालाई बिकिनीमा देखेर धेरैले उनलाई मज्जाले ट्रोल गरेका थिए । तर अब आमिरकी छोरीले आफूमाथि खराब कमेन्ट गर्नेहरुलाई जवाफ फर्काएकी छिन् ।

आइरा खानले आफनो जन्मदिन सेलिब्रेसनका केही तस्बिर सेयर गरेकी छिन् । बिकिनी लगाएको भन्दै ट्रोल भएकी आइराले बिकिनीमा नै आफ्नो केही तस्बिर सेयर गरेर हेटर्सलाई बलियो जवाफ फर्काएकी छिन् । फोटोमा आइरा खान पूलमा आफ्ना साथीहरुसँग निकै मस्ती गरिरहेको देखिएकी छिन् । एउटा तस्बिरमा आइरा आफ्ना प्रेमी नुपुर शिखरेसँग पुलमा देखिएकी छिन् ।

आइराले फोटोसँगै क्याप्सनमा लेखेकी छिन्, ‘यदि सबैले मेरो पछिल्लो फोटो डम्पलाई हेट र ट्रोल गर्न भ्याइसकेका छन् भने यहाँ केही थप छन् ।’

आइराको फोटोलाई हज्जारौँले लाइक गरिसकेका छन् ।

(solidstonefabrics.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?