आजको राशीफल

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
आजको राशीफल

सारांश

  • मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्।
  • बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ।
  • अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ।

मेष :  चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ।

वृष :  इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। साँझतिर केही उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दोहोर्याएर प्रयत्न गर्दा काम सम्पादन हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ।

मिथुन :  का, कि, कु, घ, ङ, छ, के, को, ह

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम भने दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।

कर्कट :  हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शत्रुहरू स्वत: किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएरै समाजमा स्थापित बन्न सकिनेछ। मिहिनेतले प्रशस्त फाइदा दिलाउनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत दिगो आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्ने समय छ। साँझतिर रमाइलाे पारिवारिक भेटघाट पनि हुनेछ।

सिंह :  मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सुरुमा कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आयस्रोत पनि बढ्नेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम गर्ने मौका दिलाउन सक्छ।

कन्या :  टो, प, पि, पु, ष, ण, ठ, पे, पो

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। मान्यजनको सहयोगले तत्कालकाे अन्योल भने टर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनेछ। पेसा व्यवसायमा लाभ उठाउन सकिनेछ।

तुला :  र, रि, रु, रे, रो, ता, ति, तु, ते

मिहिनेतले विभिन्न अवसर दिलाउनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। उद्याेग तथा दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा राम्रै फाइदा हुनेछ। साँझतिर पारिवारिक असमझदारी बढ्नाले चिताएकाे काम राेकिन सक्छ। अरूकाे विश्वास गर्दा धोका हुन सक्छ।

वृश्चिक :  तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। साँझतिर कर्मयोगले नयाँ मोड लिनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ।

धनु :  ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

रमाइलो दिन छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयाेग छ।

मकर :  भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ।

कुम्भ :  गु, गे, गो, सा, सि, सु, से, सो, द

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। साँझतिर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। टाढाको यात्रा सम्भावित देखिन्छ।

मीन :  दि, दु, थ, झ, ञ, दे, दो, च, चि

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
अख्तियारकोमुद्दाका विषयमा कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने
Демо Игровые Автоматы Играть Бесплатно кроме Регистрации В Слоты%2C Особенности Версии также Игре В Онлайн Казино
निर्वाचनमा राम्रो गरेको भन्दै ठाकुरलाई मोदीको बधाई
निर्वाचनमा राम्रो गरेको भन्दै ठाकुरलाई मोदीको बधाई
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
घरबाटै न्यायको ढोका: वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न अत्याधुनिक अनलाइन उजुरी प्रणाली शुरु
दैनिक १४ घन्टासम्म लोडसेडिङ, किन हुन्छ ?
दैनिक १४ घन्टासम्म लोडसेडिङ, किन हुन्छ ?
नयाँ नियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको शपथ ग्रहण ११ बजे
नयाँ नियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको शपथ ग्रहण ११ बजे
नातिले हजुरआमा र बाबुले छोरीलाई बलात्कार गरेको आरोप
पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी
पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी
माधव नेपालको असन्तुष्टिबारे यसो भन्छन् वामदेवदेखि नारायणकाजीसम्म
माधव नेपालको असन्तुष्टिबारे यसो भन्छन् वामदेवदेखि नारायणकाजीसम्म
लागुऔषध गाँजासहित वृद्ध पक्राउ
लागुऔषध गाँजासहित वृद्ध पक्राउ