यी अभिनेत्री जसको निधन कथा जस्तै भयो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३, २०७९
|
|
३१ पटक हेरिएको
Shares
यी अभिनेत्री जसको निधन कथा जस्तै भयो

सारांश

  • मुम्बई ।
  • अभिनेत्री सहाना हालै केरलाको कोझिकोडमा मृत भेटिइन् ।
  • घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनी फेला परेकी थिइन् ।

मुम्बई । अभिनेत्री सहाना हालै केरलाको कोझिकोडमा मृत भेटिइन् । घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनी फेला परेकी थिइन् । उनका श्रीमान्लाई सोधपुछका लागि हिरासतमा राखिएको छ । राम्रो करियर बन्दै गर्दा कलिलै उमेरमा उनले निधन भएको छ । करियर राम्रो बाटोमा रहेको बेला अभिनेत्रीको निधन भएको यो पहिलो घटना होइन । यसअघि पनि कयौँ अभिनेत्री निधन भएको छ । जसको निधनको खास कारण अहिलेसम्म खुल्न सकेको छैन ।

दिव्या भारती

९० को दशककी अभिनेत्री दिव्या भारतीको मृत्यु पनि अहिलेसम्म रहस्य नै छ । उनी हिट भएको अवस्थामा निधन भएको हो । निधनको समय उनको हातमा धेरै प्रोजेक्ट थिए । कलिलै उमेरमा उनको निधन हुन्छ भनेर कसैले सोचेका थिएनन् । १६ वर्षको उमेरमा तेलुगु फिल्मबाट अभिनय करियर सुरु दिब्याले सन् १९९२ देखि १९९३ सम्म १४ बलिउड फिल्ममा काम गरेकी छन् ।

उनको निधन अपार्टमेन्टको पाँचौं तलाबाट खसेर मृत्यु भएको हो । उनको निधन कसैले दुर्घटना, कसैले आत्महत्या र कसैले हत्या भनेका छन् । तर अहिलेसम्म दिव्याको मृत्यु गोप्य नै छ ।

जोसेफ

९० दशककी टप मोडल नफिसा जोसेफले २६ वर्षको उमेरमा यो संसारबाट बिदा भएकी हुन् । ‘मिस इन्डिया युनिभर्स १९९७ की विजेता र ‘मिस युनिभर्स १९९७’ फाइनल नफिसा २९ जुलाई २००४ मा मुम्बईको फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । मृत्युको केही दिन अगाडि व्यापारी गौतम खान्डुजासँग हुन लागेको विवाह टुटेको थियो । त्यसपछि उनी आफ्नो व्यक्तिगत जीवन र सम्बन्धलाई लिएर चिन्तित थिइन् । गौतम अगाडि उनी नफिसाले मोडल समीर मल्होत्रा ​​र अभिनेता राहुल बोसलाई डेट गर्दथिन् । यसको अलवा उनको अभिनेता समीर सोनीसँग पनि इन्गेजमेन्ट भएको थियो । स्रोतका अनुसार असफल सम्बन्धले डिप्रेसनमा गएको कारण उनले आत्महत्या गरेकी हुन् ।

बनर्जी

सन् २०१० मा चर्चित टिभी शो बालिका वधूमा अविका गौरको ठाउँमा भित्रिएकी प्रत्युषाले छोटो समयमै दर्शकको मन जितेकी थिइन् । त्यसपछि उनी ‘झलक दिखला जा’ र ‘बिग बोस’ शोमा देखा परिन् । २०१६ मा प्रत्युषाको मृत्युको खबर बाहिर आयो । उनले आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनका फ्यानले प्रेमी राहुल राज सिंहले यस्तो कदम चाल्न उक्साएको आरोप लगाए ।

खान

डेब्यू फिल्म ‘निशान’ बाट चर्चामा आएकी जिया खानले करियरको सुरुवाती चरणमा बिग बीसँग काम गरेकी थिइन् । जसमा जिया बोल्ड युवतीको रुपमा चर्चित भइन् । उनको फिल्म निशब्द औसत भयो । करियर राम्रै चलिरहेको समय ३ जुन २०१३ मा जिया मृत्युको खबर बाहिर आयो । उनी आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । २५ वर्षमा संसार छोडेकी जियाको मृत्यको दोष उनकी आमाले प्रेमी सूरज पञ्चोलीलाई दिएकी छिन् । जियाले ६ पृष्ठको सुसाइड नोट पनि लेखेकी थिइन् । जसमा उनले आफूमाथि भइरहेको मानसिक यातनाको बारेमा उल्लेख गरेकी थिइन् ।

रन्धावा

टिभीको सुपरहिट शो ‘हिप हिप हुर्रे’, ‘कुमकुम’, ‘कुसुम’, ‘क्यूँ होता है प्यार’ लगायतकमा चर्चित कुलजीत ३० वर्षको उमेरमा संसार छोडेकी थिइन् । कुलजीतलाई मुम्बईको आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो । आत्महत्या अघि सुसाइड नोट पनि छाडेकी थिइन् । जसमा आफ्नो आत्महत्याको लागि कसैलाई दोष दिन आग्रज गरिएको थियो । उनका मृत्युमा प्रेमी भानु उदयलाई जिम्मेवार ठहराइएको थियो, तर पुष्टि हुन सकेन ।

चित्रा

सिरियल पाण्डियन स्टोर्सबाट आफ्नो पहिचान बनाएकी चित्रा चेन्नई नजिकैको एक होटलमा बाथरूमको छतमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । चित्रा जम्मा २८ वर्षकी थिइन् । मृत्युअघि उनी सुटिङबाट फर्किएकी थिइन् । कम उमेरमा चित्राको निधनमा फ्यानहरु स्तब्ध भएका थिए ।

फिल्म सूर्यवंशममा बिग बी र सौन्दर्याको जोडीलाई निकै रुचाइएको थियो । सौन्दर्या साउथ फिल्मकी चर्चित अभिनेत्री थिइन् । उनको फिल्मी करियर पनि राम्रो चलिरहेको थियो । १७ अप्रिल २०१७ मा एक विमान दुर्घटनामा सौन्दर्याको मृत्यु भयो । उनी चुनावी प्रचारका लागि जाँदै थिइन् । सौन्दर्या ३२ वर्ष मात्र पुगेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकको ठक्करबाट दुईको मृत्यु
ट्रकको ठक्करबाट दुईको मृत्यु
११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
११०औँ बिपी जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
Glamour Haute USA Calendar 2023
Glamour Haute USA Calendar 2023
प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो
प्रधानमन्त्री ओलीको चीन भ्रमण नजिकिएसँगै वामपन्थीहरुको चहलपहल बढ्दो
सुदुरपश्चिममा गौरा पर्वको रौनक
सुदुरपश्चिममा गौरा पर्वको रौनक
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
विवाह पञ्चमी : जनकपुरधाममा आज राम-जानकी विवाहको विशेष उत्सव
प्रधानमन्त्री ओलीलाई गुरुङको कटाक्ष, “यो राष्ट्रवाद हो कि लम्पसारवाद प्रमज्यू ?”
प्रधानमन्त्री ओलीलाई गुरुङको कटाक्ष, “यो राष्ट्रवाद हो कि लम्पसारवाद प्रमज्यू ?”
ट्रम्पले गरे २०० अर्ब डलरका चिनीया सामानमा करबृद्धिको घोषणा
ट्रम्पले गरे २०० अर्ब डलरका चिनीया सामानमा करबृद्धिको घोषणा
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै

तपाईंले छुटाउनुभयो कि?