सुदुरपश्चिममा गौरा पर्वको रौनक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
५० पटक हेरिएको
Shares
सुदुरपश्चिममा गौरा पर्वको रौनक

सारांश

  • कञ्चनपुर, १५ भदौ ।
  • प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ ।
  • यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने चलन छ ।

कञ्चनपुर, १५ भदौ । प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने चलन छ ।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ ।

त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती)को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।

सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत यहाँको समाजमा रहेको छ ।

सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ । अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ
आमाको हत्या अभियोगमा छोराबुहारी पक्राउ
भारत र अमेरिकाको एउटै चासो: प्रचण्ड सरकारको विदेश नीतिको निरन्तरता होस्
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो
१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो
एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी
एशियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी
तीन तहको निर्वाचनपछि संविधान कार्यान्वयन ः सञ्चारमन्त्री बस्नेत
Aishwarya Rai Instagram debut ‘And I was born again’ gets only 1.24 Lakhs followers in 24 Hours !
Aishwarya Rai Instagram debut ‘And I was born again’ gets only 1.24 Lakhs followers in 24 Hours !
कात्तिक ६ गते बिहिवारको राशिफल यस्तो छ
कात्तिक ६ गते बिहिवारको राशिफल यस्तो छ
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
तोलामा ५०० ले बढ्यो सुनको मूल्य
बीस वर्षभित्र नेपाललाई मध्यम आयको मुलुक बनाइने-  विवेकशील साझा
बीस वर्षभित्र नेपाललाई मध्यम आयको मुलुक बनाइने- विवेकशील साझा