इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ४, २०७९
|
|
२९ पटक हेरिएको
Shares
इलाम नगरपालिकामा २५ वर्षपछि कांग्रेसको कमब्याक

सारांश

  • इलाम।
  • इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले कमब्याक गरेकाे छ।
  • नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले कमब्याक गरेको हो।

इलाम। इलाम सदरमुकाम रहेको इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेसले कमब्याक गरेकाे छ। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेसले कमब्याक गरेको हो। नेपाली कांग्रेसका उम्मेदवार केदार थापाले नेकपा एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित भएका छन्।

थापाले १३ हजार एकसय ६५ मत पाउँदा चेम्जुङले १० हजार पाँच सय ८७ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि नेपाली कांग्रेसलेनै विजय हासिल गरेको छ। कांग्रेसकी उम्मेदवार विष्णु दाहाल लिम्बुले एमालेकी सिता रिजाललाई उपप्रमुखमा पराजित गरेकी हुन्। दाहालको १३ हजार पाँच सय ४२ मत आउँदा एमालेकी रिजालको १० हजार ८८ मत पाइन्।

इलाम नगरपालिकामा २०४९ सालमा कांग्रेसका केशव थापाले प्रमुख जितेयता कांग्रेस नगरको नेतृत्वमा पुग्न सकेको थिएन। २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो। त्यसबेला एमालेका महेश बस्नेत मेयर र कृष्ण श्रेष्ठ उपमेयरमा निर्वाचित भएका थिए। १८ वर्ष स्थानीय निकाय जनप्रतिनिधिविहीन भए।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेका महेश बस्नेत र उपप्रमुखमा शुसिला नेम्वाङ निर्वाचित भएका थिए। भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुवै पदमा जित हासिल गरेको हो । १२ वटा वडा रहेको इलाम नगरपालिकामा कांग्रेसले नौवटा वडाको वडाध्यक्ष जितेको छ। एमालेले तीनवटा वडाको वडाध्यक्ष जितेको छ । एमालेले २, ३ र ११ नम्बरको वडाध्यक्ष तिजेको छ भने बाँकी सवै वडाध्यक्ष कांग्रेसले जितेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?