बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ५, २०७९
|
|
२५ पटक हेरिएको
Shares
बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित, माओवादीले जित्यो मेयर र उपमेयर

सारांश

  • गोरखा।
  • गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन (अजय) र उपमेयरमा बन्दना पाण्डे (प्रतिमा) निर्वाचित भएका छन् ।
  • नेकपा माओवादी केन्द्रका तर्फबाट अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले ५ हजार ५ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् ।

गोरखा। गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन (अजय) र उपमेयरमा बन्दना पाण्डे (प्रतिमा) निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले ५ हजार ५ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन् ।

अजयले निकटतम प्रतिस्पर्धी जसपाका उम्मेदवार प्रेम गुरुङको भन्दा ३ सय ५५ बढी मत प्राप्त गरे । नेकपा एमालेको समेत साथ पाएका गुरुङले ५ हजार ७ सय १७ मत प्राप्त गरे । नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार दिपकबाबु कडेलले ४ हजार ९ सय ९७ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा विजयी प्रतिमाले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठको भन्दा ५ सय २ मत बढी पाएका छन् । श्रेष्ठले ५ हजार ७७ मत प्राप्त ग्रे । जसपाकोसमेत साथ पाएकी नेकपा एमालेकी उम्मेदवार पार्वती पाठकले ४ हजार २ सय ८१ मत ल्याईन् ।

पालुङटारमा कांग्रेससँग गठबन्धनको योजना सफल हुन नसकेपछि जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । मेयरमा एमालेले जसपालाई सघाउने र उपमेयरमा जसपाले एमालेलाई सघाउने सहमति भए पनि गठबन्धनका उम्मेदवार नेकपा माओबादी केन्द्रसँग पराजित भएका छन् । यस नगरपालिका जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?