रेनु दाहाल भरतपुरको मेयर निर्वाचित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १०, २०७९
|
|
२८ पटक हेरिएको
Shares
रेनु दाहाल भरतपुरको मेयर निर्वाचित

सारांश

  • काठमाडौं, १० जेठ ।
  • नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी छिन् ।
  • उनले नेकपा एमालेका विजय सुवेदीभन्दा १२ हजार ४४९ मत बढी ल्याएर जितेकी हुन् ।

काठमाडौं, १० जेठ । नेकपा माओवादी केन्द्रकी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी छिन् । उनले नेकपा एमालेका विजय सुवेदीभन्दा १२ हजार ४४९ मत बढी ल्याएर जितेकी हुन् ।

रेनुले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । सुवेदीले ३९ हजार ५८१ मत ल्याए । काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे ।

उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मत ल्याएर विजयी भए । राप्रपाकी हिमला गुरुङले ३० हजार ६१२ मत प्राप्त गरिन् ।

माओवादी अध्यक्ष प्रचण्डकी छोरी रहेकी रेनु भरतपुरको निवर्तमान मेयर हन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?