रञ्जन कोइरालालाई कैद छुट दिने फैसला उल्टियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १३, २०७९
|
|
३६ पटक हेरिएको
Shares
रञ्जन कोइरालालाई कैद छुट दिने फैसला उल्टियो

सारांश

  • काठमाडौं ।
  • सशस्त्र प्रहरी बलका तत्काली नायव महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ ।
  • कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले उल्टाउने फैसला गरेको हो ।

काठमाडौं । सशस्त्र प्रहरी बलका तत्काली नायव महानिरीक्षक (डीआईजी) रन्जन कोइरालालाई जेल सजायमा छुट दिने यसअघिको फैसला सर्वोच्च अदालतले उल्टाइदिएको छ ।

कर्तव्य ज्यान मुद्दामा कैद सजायमा छुट दिने सर्वोच्च अदालतको फैसलालाई सर्वोच्चका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको बिहीबारको इजलासले उल्टाउने फैसला गरेको हो ।

महाअभियोगपछि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले जन्मकैदको सजायमा छुट दिन फैसला गरेको थियो ।

उक्त फैसलालाई उल्टाउँदै कोइरालालाई जन्म कैदको सजायमा सहुलियत दिन नसकिने फैसला सुनाएको हो । यसअघि गत १५ असारमा सर्वोच्चले कोइरालालाई सजायमा सहुलियत दिँदै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाउने फैसला गरेको थियो ।

२०६८ सालमा श्रीमती गीता ढकालको हत्या गरी शवसमेत नष्ट गरेको तत्काल डीआईजी कोइरालालाई ७ वैशाख २०७१ मा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो। जिल्ला अदालतले हत्याबाट नै श्रीमती गीता ढकालको मृत्यु भएको ठहर गरेको थियो ।

पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो । तर, सर्वोच्च अदालतले २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो । सर्वोच्चको फैसलापछि कोइराला जेलबाट रिहा भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्घाखाँची,इलाम,बुटवल,ताप्लेजुङ,प्यूठान को ताजा पारीणाम
अर्घाखाँची,इलाम,बुटवल,ताप्लेजुङ,प्यूठान को ताजा पारीणाम
Encontre Os Melhores E Mais Recentes Bônus De Cassino”
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
बाजुरामा एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार
राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित
राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
प्रशासनिक खर्च कम गरेर विकास खर्च बढाउनेतर्फ सोच्ने बेला आयो : खगराज अधिकारी नेता, नेकपा एमाले
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
जसले राजा महेन्द्रको गाडीमा बम हाने, गणतन्त्रका लागि मृत्युदण्ड स्वीकारे
लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री
लुम्बिनीको समग्र विकासमा सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री
चिकित्सकको लापबाहीका कारण बालकको मृत्यु भएपछि हस्पिटलमा तोडफोड
एकैदिन उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि
एकैदिन उपत्यकामा १९३५ जनामा कोरोना संक्रमण पुष्टि
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला

तपाईंले छुटाउनुभयो कि?