ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०८०
|
|
२३ पटक हेरिएको
Shares
ठगीको आरोपमा मेडिसिटी अस्पतालका तीन जना पूर्वकर्मचारी पक्राउ

सारांश

  • काठमाडौँ ।
  • नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

काठमाडौँ । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको ‘बिलिङ सेक्सन’मा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेको पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

उनका अनुसार उनीहरुले बिरामीबाट लाग्ने शुल्क लिएर सफ्टवेयरको दुरुपयोग गरी कम शुल्क प्रविष्ट गरी ठगी गरेका हुन् । यसरी ठगी गरेको आरोप पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका– ४ घर भई भक्तपुरको ठिमी बस्ने वर्ष ३४ का राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका– ११ चापागाउँ बस्ने वर्ष २९ का सनम देशार र काठमाडौँको बालुवाटार बस्ने ३४ वर्षे आशीष अर्याल छन् ।

उनीहरुविरुद्ध आपराधिक लाभ तथा आपाराधिक विश्वासघातसम्बन्धी कसूरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको कार्कीले जानकारी दिए । उनीहरुलाई आजै सार्वजनिक पनि गरिएको छ ।

ती कर्मचारीले अस्पतालमा प्रयोग हुँदै आएको सफ्टवेयरको दुरुपयोग गरी बिरामीबाट शय्या शुल्क, डाक्टर शुल्क र नर्सिङ शुल्कसमेतको वास्तविक शुल्क लिई निजहरुबाट लिएको शुल्कभन्दा कम शुल्क देखाए रु दुई करोड ६३ लाख ५५ हजार ठगी गरेको आरोप लागेको ललितपुर प्रहरीको भनाइ छ ।

(https://www.sweetfixbaker.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?