सांसद खतिवडाको टिप्पणी- बालेनको लौरो नुवाकोटे जनताको टाउको र ढाडमा बजारियो
सारांश
- काठमाडौं।
- नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सिसडोलबासीमाथि गरिएको प्रहरी दमनको विरोध गरेका छन् ।
- जारी प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलबासीमाथि भएको दमनको विरोध गरेका हुन् ।
काठमाडौं। नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले सिसडोलबासीमाथि गरिएको प्रहरी दमनको विरोध गरेका छन् ।
जारी प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले जेठ २४ र २५ गते फोहोर व्यवस्थापनका नाममा सिसडोलबासीमाथि भएको दमनको विरोध गरेका हुन् ।
‘नुवाकोटको ककनी र धादिङको धुनीबेँसी बीचमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको छ,’ सांसद खतिवडाले भने,‘स्थानीय निर्वाचनमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया