सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २७, २०७९
|
|
२५ पटक हेरिएको
Shares
सरकारसँग सांसद चौधरीले भनिन् : २७ वर्षदेखि पीडा भोग्दै आएको छु, न्याय चाहियो

सारांश

  • काठमाडौं।
  • लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीले आफूमाथि आक्रमणको प्रयास गर्ने र आमामाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर गृहमन्त्रीसँग जवाफ मागेकी छन्।
  • प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले गत २७ वैशाखमा सत्तारुढ दलका व्यक्तिले आफू र आफ्नी ८० वर्षीया आमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रियाबारे सदनमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने बताइन्।

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीले आफूमाथि आक्रमणको प्रयास गर्ने र आमामाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर गृहमन्त्रीसँग जवाफ मागेकी छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले गत २७ वैशाखमा सत्तारुढ दलका व्यक्तिले आफू र आफ्नी ८० वर्षीया आमाथि दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रियाबारे सदनमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने बताइन्।

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा घरमै रहेका बेला सत्तारुढ दलका व्यक्तिले ज्यान लिने गरी आएका र उनीहरुले स्थानीय प्रशासनले आफूलाई उद्धार गरेको उनले बताइन्।

वृद्धा आमाथि दुर्व्यवहार र आफ्नो ज्यान लिन खोज्नेलाई कानुनी कारबाही हुनुपर्ने माग गर्दै सांसद चौधरीले कारबाही प्रक्रियाबारे जानकारी मागेकी हुन्।

२७ वर्षदेखि आफ्नो परिवारमाथि आक्रमण भइरहेको भन्दै उनले २७ वर्षअघि बेपत्ता बनाइएको दाइबारे अझै पत्तोपत्तो नरहेको बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प छैनः कमल थापा
राष्ट्रवादी विचारधारा बोकेका पार्टीहरु एक हुनुको बिकल्प छैनः कमल थापा
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
मतपत्रसँगै एसिड खसालेपछि मतपेटिका जल्यो, मतदान स्थगित
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
ओली सरकारले राष्ट्रघात गरेको भन्दै विप्लव माओवादीद्वारा नेपालबन्दको घोषणा
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
Employing Gemeinsame Arbeit im Datenraum in an Internet marketing Strategy
परिवारका सबै चारजना अपाङ्ग, रेखाले उठाइन् यस्तो कदम
परिवारका सबै चारजना अपाङ्ग, रेखाले उठाइन् यस्तो कदम
How come On-line Cricket Betting Needs Regulation In India
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित
डेढघण्टासम्म जहाज आकाशमै होल्ड, उडान पनि स्थगित

तपाईंले छुटाउनुभयो कि?