माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १, २०७५
|
|
४३ पटक हेरिएको
Shares
माओवादी केन्द्रका सांसद कुशवाहालाई पक्राउ गर्न प्रहरीलाई पत्राचार

सारांश

  • काठमाडौं, १ जेठ ।
  • माओवादी केन्द्रका प्रदेश सांसद कुन्दप्रसाद कुशवाहलाई पक्राउ गर्नका लागि जिल्ला अदालत रौतहटले प्रहरीलाई पत्राचार गरेको छ ।
  • वन कसुरको मुद्दामा उनलाई पक्राउ गर्न पत्राचार गरिएको हो ।

काठमाडौं, १ जेठ । माओवादी केन्द्रका प्रदेश सांसद कुन्दप्रसाद कुशवाहलाई पक्राउ गर्नका लागि जिल्ला अदालत रौतहटले प्रहरीलाई पत्राचार गरेको छ । वन कसुरको मुद्दामा उनलाई पक्राउ गर्न पत्राचार गरिएको हो ।

माओवादी केन्द्रको तर्फबाट रौतहट– ३ को प्रदेशसभा सदस्यमा विजयी भएका कुशवाहमाथि अवैध रुपमा चिरान काठको कारोबार मुद्दा दायर भएको थियो । चेकजाँचमा २०६९ असोज २ गते कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा २ सय ६५ थानको ४ सय ६९ क्यूफिट चिरान काठ बरामद भएको थियो ।

पक्राउ परेका ट्रकचालक इन्द्रबहकादुर मानन्धरले बयानमा सो काठ टहरियास्थित न्यू एभरेष्ट स मीलका काठधनी कुन्दनप्रसाद कुशवाहको बताएपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला वन कार्यालयले चालकलाई दोषी ठहर गरी सांसद कुशवाहलाई सफाई दिएको थियो । तत्कालीन पुनरावेदन अदालत हेटौंडाले कुशवाहलाई दोषी ठहर गरेको थियो । उनलाई एक वर्ष कैद सजाय तोकिएको छ । त्यसविरुद्ध कुशवाहले सर्वोच्च अदालतमा अपिल गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ