यात्रुले ल्याएको ३ अर्ब ८० करोड बराबरको ४८० किलोग्राम सुन राजस्वको दायरामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७९
|
|
४० पटक हेरिएको
Shares
यात्रुले ल्याएको ३ अर्ब ८० करोड बराबरको ४८० किलोग्राम सुन राजस्वको दायरामा

सारांश

  • आर्थिक वर्ष २०७८/७९ मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले ल्याएको करिब ४८० किलो सुन राजश्वको दायरामा आएको छ ।
  • विभिन्न देशबाट नेपालमा आएका यात्रुले आफ्नो साथमा ल्याएको उक्त परिमाणको सुन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले राजश्वको दायरामा ल्याएको हो ।
  • प्रचलित बजार दर अनुसार करिब ३ अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको सुन राजश्वको दायरामा आएको भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।

आर्थिक वर्ष २०७८/७९ मा त्रिभुवन विमानस्थल हुँदै नेपाल प्रवेश गरेका यात्रुले ल्याएको करिब ४८० किलो सुन राजश्वको दायरामा आएको छ । विभिन्न देशबाट नेपालमा आएका यात्रुले आफ्नो साथमा ल्याएको उक्त परिमाणको सुन त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले राजश्वको दायरामा ल्याएको हो ।

प्रचलित बजार दर अनुसार करिब ३ अर्ब ८० करोड रुपैयाँ मूल्य बराबरको सुन राजश्वको दायरामा आएको भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । उक्त परिमाणको सुनलाई प्रचलित कानुन बमोजिम राजश्व तिराएपछि यात्रुलाई नै फिर्ता दिइएको उनले बताए ।

यसबाट कार्यालयले ४५ करोड ५८ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । राजस्वको दायरामा आएसँगै त्यस्तो सुन अनौपचारिक बजारबाट औपचारिक बजारमा प्रवेश गरेको छ । ‘व्यक्तिले धन सञ्चय गर्ने एउटा महत्त्वपूर्ण माध्यम सुन भएको हुँदा यसको अवैध ओसारपसार तथा अवैध खरिदबिक्री र भण्डारणले अनौपचारिक अर्थतन्त्रलाई नै मलजल गरिरहेको हुन्छ,’ भट्टराईले भने ।

भन्सार कार्यालयले राजस्वको दायरामा ल्याएको सुन तथा सुनका गहनालाई भन्सार राजस्व तिरेसँगै अब खुला बजारमा नियमित रूपमा खरिद÷बिक्री गर्न सकिने बताइएको छ । कानुनतः विदेशबाट नेपाल आउने यात्रुहरूले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन् ।

त्यसैगरी सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ । जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ । १०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन् तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था रहेको छ ।

कानुनी व्यवस्थालाई दुरुपयोग गरेर विदेशबाट नेपाल फर्कने यात्रुलाई भरिया बनाएर सुनको अवैध कारोबार गर्ने समूहले सुन ओसार÷पसार गर्ने गरेको सूचना आएपछि गत वर्षको मङ्सिर १३ गते देखि कार्यालयले विशेष अपरेसन नै सुरु गरेको थियो । यस क्रममा पहिलो दिनमा नै कार्यालयले ४१५ जना यात्रुबाट झण्डै २१ किलोग्राम सुन नियन्त्रणमा लिन सफल बनेको थियो ।

यद्यपि, पछिल्ला दिनहरूमा सुन लिएर आउने यात्रु तथा उनीहरूले ल्याउने सुनको परिमाण निकै घट्दै गएको कार्यालयले बताएको छ । कार्यालयको अभिलेख अनुसार गत असार महिनामा दैनिक औसत ३० जना यात्रुबाट जम्मा १ किलो ५०० ग्रामको हाराहारीमा सुन् तथा सुनका गहना भन्सार कार्यालयले नियन्त्रणमा लिई राजस्व दाखिला गराएर फिर्ता गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैँमा मालवाहक गाडी राति चलाउने सहमति
दशैँमा मालवाहक गाडी राति चलाउने सहमति
गच्छदार र चौधरीको प्रतिष्पर्धा रहेको सुनसरीमा विवादकाबिच मतगणना सुरु
गच्छदार र चौधरीको प्रतिष्पर्धा रहेको सुनसरीमा विवादकाबिच मतगणना सुरु
लन्डनमा कमरेड भाउजू !
लन्डनमा कमरेड भाउजू !
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
श्रमिकलाई आर्थिक बोझ थपिने निर्णय कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन
विकासका लागि रोल्पाका जनप्रतिनिधि एउटै थलोमा
विकासका लागि रोल्पाका जनप्रतिनिधि एउटै थलोमा
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
काँग्रेस सभापति देउवाद्वारा पूर्वसांसद जोशीको निधनप्रति दुःख व्यक्त
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
रवि लामिछाने र युवराजको बयान आज, निषेधित क्षेत्रमा व्यापक प्रहरी परिचालन
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
यस कारण शुक्रबार महत्त्वपूर्ण
यस कारण शुक्रबार महत्त्वपूर्ण