उम्मेदवारी मनोनयनको सँघारमा तालमेलका विविध स्वरूप

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २३, २०७९
|
|
२९ पटक हेरिएको
Shares
उम्मेदवारी मनोनयनको सँघारमा तालमेलका विविध स्वरूप

सारांश

  • काठमाडाैं।
  • असोज २३ गते आइतवार प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको १६५ तथा ३३० सिटमा उम्मेदवारी दर्ता गराउने अघिल्लो दिन सत्ता गठबन्धनको एक प्रमुख घटकले विपक्षी दलसँग चुनावी तालमेलको सहमति गरेको छ।
  • गत वर्ष एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चासँग छुट्टै गठबन्धनमा सामेल भएर सत्तामा समेत सहभागी जनता समाजवादी पार्टीले चुनावको मुखमा खेमा परिवर्तन गरेको छ।

काठमाडाैं। असोज २३ गते आइतवार प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फको १६५ तथा ३३० सिटमा उम्मेदवारी दर्ता गराउने अघिल्लो दिन सत्ता गठबन्धनको एक प्रमुख घटकले विपक्षी दलसँग चुनावी तालमेलको सहमति गरेको छ।

गत वर्ष एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि नै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चासँग छुट्टै गठबन्धनमा सामेल भएर सत्तामा समेत सहभागी जनता समाजवादी पार्टीले चुनावको मुखमा खेमा परिवर्तन गरेको छ।

‘तालमेल मात्र’

शनिवार सार्वजनिक गरिएको नेकपा एमाले र जसपाबीचको तालमेल सहमतिअनुसार १४ जिल्लामा दुई पार्टीले ५२ वटा प्रतिनिधिसभा क्षेत्र अनि ११२ वटा प्रदेशसभा क्षेत्रमा तालमेल गर्नेछन्।

“यो हामीले केवल चुनावी तालमेल गरेका हौँ। निर्वाचनमा सबैको जित्ने नै लक्ष्य हुन्छ,” जसपाका नेता मनिष सुमनले भने।

उनका अनुसार मधेश प्रदेशका सबै जिल्लामा केही सिटबाहेक अधिकांशमा यस्तो तालमेल गरिएको छ।

साथै प्रदेश १ को मोरङ् र सुनसरी अनि लुम्बिनी प्रदेशको नवलपरासी (पश्चिम), रूपन्देही र कपिलवस्तु; र सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका सिटहरूमा तालमेल गरिएको छ।

सहमतिमा तालमेल भएका बाहेक अन्य निर्वाचन क्षेत्रमा दुवै पार्टीले उम्मेदवारी दिनसक्ने भनिएको छ।

“यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने (छ),” नेकपा एमालेका अध्यक्ष केपी ओली तथा जसपाका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर भएको उक्त सहमतिपत्रमा उल्लेख छ।

सत्तारुढ गठबन्धनको तालमेल

यसअघि सत्तारुढ गठबन्धनका प्रमुख घटकहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाबीच पनि तालमेल भएका विवरण आएका छन्।

ती विवरणअनुसार कुल १६५ सिटमध्ये नेकपा माओवादी केन्द्रलाई ४७, एकीकृत समाजवादीलाई १९, तथा राष्ट्रिय जनमोर्चालाई २ सिट दिइएको छ।

बाँकी ९७ सिटमध्ये नेपाली कांग्रेसले ८४ जति लिएर अरु लोकतान्त्रिक समाजवादी पार्टीलाई दिनेगरि अन्तिम सहमतिका कसरत भइरहेका विवरण आएका छन्।

तर यी सिट सङ्ख्या केही तलमाथि हुनसक्ने नेताहरूले बताएका छन्।

जसपाले सत्तारुढ घटकमा आफूले चाहेजति नपाउने भएपछि एमालेसँग वार्ता थाल्ने वित्तिकै सत्तारुढ दलहरूसँग लोसपाले सघन वार्ता थालेको थियो।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी दलले कम्तीमा २० वटा सिटमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको थियो।

“समग्रतामा हेर्दा नेपाली कांग्रेस र माओवादीले राम्रै सिट सङ्ख्या पाएका छन्। हामीलाई अलि मर्का परेकै छ। यसले हाम्रो समानुपातिक सिट सङ्ख्यामा पनि असर पार्नेछ,” एकीकृत समाजवादीका तर्फबाट उदयपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न पाएका पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले भने।

ताललमेललाई लिएर सम्बन्धित दलकै कतिपय नेताले असन्तुष्टि व्यक्त गरेका छन्।

“व्यक्तिगत रूपमा भन्नुपर्दा खुशी हुने कुरा छैन, तर पार्टीले निर्णय गरिसकेकोले सोहीअनुसार बढ्नुपर्ने हुन्छ,” कांग्रेसका केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले भने।

भूसालले त्यागे एमाले

यसैबीच नेकपा एमालेले आफूलाई निर्वाचनमा उम्मेदवार नबनाएपछि पार्टी नेता घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा शनिवार दिउँसो उनले एक विज्ञप्ति राख्दै उनले ‘नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको’ उल्लेख गरेका छन्।

“तर म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,” उनले लेखेका छन्।

नेकपा एमालेभित्र भूसाल अध्यक्ष ओलीका आलोचक रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेल खरिद बिक्री प्रकरणमा सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
एनसेल खरिद बिक्री प्रकरणमा सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छ : मन्त्री भण्डारी
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
सरकारमै रहने कि बाहिरिने ! दोधारमा समाजवादी पार्टी
सरकारमै रहने कि बाहिरिने ! दोधारमा समाजवादी पार्टी
कोरोना कहर : असरबारे सरकारले थाल्यो अध्ययन
कोरोना कहर : असरबारे सरकारले थाल्यो अध्ययन
लागुऔषधको जालो भत्काउँदै प्रहरी : सात सय १३ पक्राउ
लागुऔषधको जालो भत्काउँदै प्रहरी : सात सय १३ पक्राउ
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
पाकिस्तानले भूकम्प प्रभावित टर्कीएमा राहत सामग्री, चिकित्सा र उद्धार टोली पठायो
वाणिज्य बैंकहरुले १७ प्रतिशतसम्म लाभांश दिने
वाणिज्य बैंकहरुले १७ प्रतिशतसम्म लाभांश दिने
एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग
एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग

तपाईंले छुटाउनुभयो कि?