एनसेल खरिद बिक्री प्रकरणमा सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०८०
|
|
२४ पटक हेरिएको
Shares
एनसेल खरिद बिक्री प्रकरणमा सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल

सारांश

  • काठमाडौं।
  • राज्य व्यवस्था समितिले बोलाएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित् भएका छन् ।
  • समितिले एनसेल खरिद विक्री प्रकरणमा सरकारको धारणा माग्न प्रधानमन्त्री दाहाललाई आज (मंगलबार) समितिमा बोलाएको थियो ।

काठमाडौं। राज्य व्यवस्था समितिले बोलाएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित् भएका छन् । समितिले एनसेल खरिद विक्री प्रकरणमा सरकारको धारणा माग्न प्रधानमन्त्री दाहाललाई आज (मंगलबार) समितिमा बोलाएको थियो । समितिको बैठकमा उपस्थित् प्रधानमन्त्री दाहालले एनसेल सेयर खरिद बिक्री प्रकरणमा सरकार गम्भीर रहेको बताए ।

सो क्रममा उनले एनसेलको सेयर किनबेच भएको कुरा आफूले कोप–२८ मा सहभागी हुन दुवई रहेको बेलामा थाहा पाएको पनि सुनाए । समितिको बैठकमा प्रधानमन्त्रीको प्रतिक्रिया यस्तो छ–‘मैले दुबईमा नै सुने र भोलिपल्ट नै फर्किए । त्यसपछि सञ्चार मन्त्रालय र प्राधिकरणलाई निर्देशन दिए । मुख्यसचिवलाई बोलाएर पनि नीति नियम अनुसार निर्देशन दिनुपर्‍यो भनेर मुख्यसचिवबाट बनाउन लगाएर निर्देशन जारी गरेको हो । सरकारको नेतृत्वको हैसियतले म एकदमै गम्भीर रूपमा पहल गरेको छु । योसँग सम्बन्धित नियामक निकाय तथा राजनीतिक नेतृत्वलाई समेत राखेर छलफल चलाए । यसले के प्रभाव पार्छ भनेर गहन अध्ययन गर्न जरुरी रहेको भनेर मंसिर २१ गतेको बैठकबाट टङ्कमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भइसकेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?