सरकारमै रहने कि बाहिरिने ! दोधारमा समाजवादी पार्टी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
२९ पटक हेरिएको
Shares
सरकारमै रहने कि बाहिरिने ! दोधारमा समाजवादी पार्टी

सारांश

  • काठमाडौं।
  • सत्ता साझेदार समाजवादी पार्टीले सरकारमा रहिरहने वा नरहने भन्नेबारे प्रष्ट धारणा बनाउन सकेको छैन।
  • राजधानीमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा एकथरीले तत्काल सरकार छाड्नुपर्ने र अर्कोथरीले सरकारमै रहेर संविधान संशोधनको एजेण्डालाई अघि बढाउनुपर्ने तर्क गरेपछि पार्टी दोधारमा परेको हो।

काठमाडौं। सत्ता साझेदार समाजवादी पार्टीले सरकारमा रहिरहने वा नरहने भन्नेबारे प्रष्ट धारणा बनाउन सकेको छैन। राजधानीमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकमा एकथरीले तत्काल सरकार छाड्नुपर्ने र अर्कोथरीले सरकारमै रहेर संविधान संशोधनको एजेण्डालाई अघि बढाउनुपर्ने तर्क गरेपछि पार्टी दोधारमा परेको हो।

पार्टी्भित्र सरकारमा सहभागिताका बारेमा दुईथरी मत रहे पनि शनिबार सम्पन्न केन्द्रीय कार्य समिति बैठकले हतारमा सरकार छाड्नु सही नहुने ठहर गर्दै यो विषयमा पुनर्विचार गर्ने निर्णय गरेको छ। सरकारबाट बाहिरिने वा नबाहिरिने भन्ने विषयमा आधिकारिक निर्णय गर्ने जिम्मा केन्द्रीय कार्यकारिणी समितिलाई दिइएको बैठकमा सहभागी पार्टीका नेता डा. शिवजी यादवले बताए।

‘सरकार छाड्ने निर्णय राम्रो सोचविचार गरेर गर्नुपर्छ, हतारमा गर्नुहुँदैन भन्ने विचार बैठकमा आएका छन्’, उनले भने, ‘यो विषयमा ठोस निर्णय भएन तर बैठकमा बाहिरिनुपर्छ र तत्काल बाहिरिनु हुँदैन भन्ने विधार व्यक्त भएका छन्।’

यसअघि, बिहीबार केन्द्रीय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्ने अधिकांश नेताले सरकार छाड्नुपर्ने विचार व्यक्त गरेका थिए। परिषद् बैठकले सरकार छाड्ने–नछाड्ने विषयको निर्णय गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो।

शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको केन्द्रीय समिति बैठकले यो विषयमा निर्णय गर्ने अपेक्षा लिइएको भए पनि ठोस निर्णय हुन सकेन । प्रदेश–२ को सत्ता साझेदार दल राष्ट्रिय जनता पार्टीसँग एकताका लागि पहल भए पनि सो पार्टीले सरकार छाड्नुपर्ने सर्त राखेपछि समाजवादी पार्टीले एकता प्रक्रियालाई समेत औपचारिक रूपमा अघि बढाउन सकेको छैन । समाजवादीले यो विषयमा निर्णय लिन नसक्दा राजपासँग हुने भनिएको पार्टी एकतासमेत लम्बिदै गएको छ ।

पार्टीका केही नेताले राजपासँग एकता गर्नुपर्ने तर्क गरेका छन् भने केहीले पार्टी एकताका लागि हतारिन नहुने तर्क पनि गरेका छन् । संविधान संशोधनको एजेण्डालाई भने जोडदार रूपमा उठाउन नेताहरू एकमत रहेको स्रोतले बताएको छ ।

सीमा समस्या समाधानका लागि संविधान संशोधन

समाजवादी पार्टीले भारतसँग देखिएको सीमा समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएको छ । पार्टीको केन्द्रीय समिति बैठकले नेपालको भूमि भारतले अतिक्रमण गरेको अवस्थामा सरकारले संविधान संशोधन गरेर सीमाको विषय समाधान गर्नुपर्ने निर्णय गरेको हो ।

‘भारतले सीमा अतिक्रमण गर्नु गलत हो । सुगौली सन्धिमा जे उल्लेख गरिएको छ, त्यहीअनुसार सीमा निर्धारण हुनुपर्छ भन्ने पार्टीको मान्यता हो’, उनले भने, ‘भारतले एकतर्फी रूपमा नक्सा बनाउँछ भने हामीले किन नबनाउने ?’

अहिले देखिएको सीमा विवाद समाधानका लागि संविधान संशोधन आवश्यक रहेको ठहर पार्टीले गरेको उनले बताए । ‘संविधान संशोधन आवश्यक छ भन्ने कुरा यसले पनि प्रमाणित गरेको छ । सिमानामा देखिएको विवाद समाधान हुनेगरी संशोधनका लागि तयार हुन सरकारलाई भन्दछौँ’, उनले भने । शनिबार सम्पन्न बैठकमा पार्टीको संगठन विस्तार लगायतका विषयमा पनि छलफल भएको थियो । file photo

(https://valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?