प्रदेश खारेजीको एजेण्डा लिएर निर्वाचनमा दीपक सिंह महर्जन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २४, २०७९
|
|
२५ पटक हेरिएको
Shares
प्रदेश खारेजीको एजेण्डा लिएर निर्वाचनमा दीपक सिंह महर्जन

सारांश

  • काठमाडौं क्षेत्र नं ५ बाट एकीकृत शक्ति नेपालका उम्मेदवार दिपक सिंह महर्जनले विगत तीन दशकदेखि राजनीतिक दलले नेपाली जनताहरुलाई पटकपटक झुक्याएको आरोप लगाएका छन् ।
  • उनले आफ्नो विचार व्यक्त गर्दै संविधान र गणतन्त्र आए पनि व्यवहारमा परिवर्तन हुन नसकेको र जनताले त्यसको अनुभुति गर्न नसकेको आरोप लगाएका हुन् ।
  • सत्तामा पुगेकाहरु जनताको खुशीको लागिभन्दा पनि आफ्नै परिवार र आसेपासेहरुका लागि मात्रै काम गरेको भन्दै उनले आक्राश व्यक्त गरे ।

काठमाडौं क्षेत्र नं ५ बाट एकीकृत शक्ति नेपालका उम्मेदवार दिपक सिंह महर्जनले विगत तीन दशकदेखि राजनीतिक दलले नेपाली जनताहरुलाई पटकपटक झुक्याएको आरोप लगाएका छन् । उनले आफ्नो विचार व्यक्त गर्दै संविधान र गणतन्त्र आए पनि व्यवहारमा परिवर्तन हुन नसकेको र जनताले त्यसको अनुभुति गर्न नसकेको आरोप लगाएका हुन् । सत्तामा पुगेकाहरु जनताको खुशीको लागिभन्दा पनि आफ्नै परिवार र आसेपासेहरुका लागि मात्रै काम गरेको भन्दै उनले आक्राश व्यक्त गरे ।

आफ्नो उम्मेदवारीको कारण प्रस्ट्याउँदै महर्जन भन्छन् ‘पटक–पटक झुक्किन बाध्य भएका जनता अब झुक्किनु हुँदैन’ आसन्न निर्वाचन नेताहरुको गल्तीमाथि सजाय दिने उपयुक्त अवसर रहेको त्यसलाई सही सदुपयोग गर्न उनले मतदाताहरुलाई आग्रह गरे । काठमाडौँ क्षेत्र नं ५ का मतदाता सचेत र वस्तुस्थितिलाई राम्रोसँग बुझ्न सक्ने भएकाले चुनावी परिणाम सोचेभन्दा भन्दा बिलकुल फरक आउने उनले दावी गरे । शहरी क्षेत्रका नागरिकका पनि आफ्नै किशिमका समस्या हुने भन्दै उनले राष्ट्र र समाजलाई सम्पन्न बनाउन जनमुखी र आत्मनिर्भरको बाटोमा लैजाने गरी काम गर्ने बताए ।

एकीकृत शक्ति नेपालको एजेण्डामा प्रदेश संरचना खारेज गरी केन्द्र र स्थानीय तहको दुई वटामात्रै सरकार गठन गर्ने उल्लेख गरिएको छ । त्यस्तै हिन्दु, बौद्ध, किरात लगायतका धर्म संस्कृतिलाई नेपालको खास सम्पत्ति उल्लेख गरी सबैलाई समानरुपले संरक्षण र संवद्र्धन गर्ने एजेण्डामा राखिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    b^onus de registro na binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    Comment Author

    código de referencia de Binance

    I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?