सेयरबजार लगातार ओरालो, विहिबार कुन कम्पनीले कति गुमाए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २४, २०७९
|
|
१६ पटक हेरिएको
Shares
सेयरबजार लगातार ओरालो, विहिबार कुन कम्पनीले कति गुमाए

सारांश

  • काठमाडौ  ।
  • आज बिहिबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
  • आज नेप्से सूचक २३.

काठमाडौ  । आज बिहिबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २३.५२ अंकले घटेर १८९३.५२ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २२६ कम्पनीका ३१ लाख १४ हजार ६ सय ८९ कित्ता शेयर खरिद बिक्रिबाट १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४ सय ११ रुपैयाँको कारोबार भएको छ । जस मध्ये शिवम सिमेन्टको सर्वाधिक १० करोड २२ लाखको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख, युनाइटेड मोदी हाइड्रोको ३ करोड ३४ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ३३ लाख तथा रिडी हाइड्रोको ३ करोड ३० लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । जस मध्ये फाइनान्स समुह सर्वाधिक २।४६ प्रतिशतले घटेको त्छयस्तै अन्य समुह २।३४ प्रतिशत तथा हाइड्रो समुह २.०७ प्रतिशतले घटेको छ ।

आज मन्दाकिनी हैदोरको शेयर मूल्य सर्वाधिक ३.९२ प्रतिशत, सिन्धु विकास बैंकको शेयर मूल्य २.७७ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर मूल्य १.७८ प्रतिशतले बढेको छ । आज अपर हेवाखोलाको शेयर मूल्य सर्वाधिक ६.९१ प्रतिशत, किसान लघुवित्तको शेयर मूल्य ५.७८ प्रतिशत, तथा पन्चकन्या माई हाइड्रोको शेयर मूल्य ५.२५ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये १७१ कम्पनीको शेयर मूल्य घटेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?