नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २६, २०८०
|
|
२९ पटक हेरिएको
Shares
नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप एक जना चिकित्सक पक्राउ

सारांश

  • काठमाडौँ ।
  • नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् ।
  • नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठकाडौँबाट पक्राउ गरेको हो ।

काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएर चिकित्सक बनेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उनलाई काठकाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डा पुनम थापा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार थापालाई आज काठमाडौँबाट पक्राउ गरिएको हो ।

नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेविरुद्ध ब्यूरोले अपरेसन थालेको छ । प्रमाणपत्र कीर्ते प्रकरणमा थापासहित पक्राउ पर्नेको सङ्ख्या आठ पुगेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ । यसअघि कांग्रेसका सांसद सुनील शर्मासहित सात जनालाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालबाट ठगी गर्ने महिला पक्राउ

सामाजिक सञ्जालबाट ठगी गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने ५५ वर्षीया कमलादेवी श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल टिकटक र वाट्स एपमार्फत कुराकानी गर्ने क्रममा आफूलाई युकेको नागरिक भन्दै पीडितलाई विभिन्न गिफ्ट पठाएको भनी प्रलोभनमा पारी ग्राहक शुल्क बापतको रकम पठाउनुपर्छ भन्दै रु ९२ हजार पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको सो कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ गरिएकी श्रेष्ठलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको स्थायी कमिटी तेस्रो पटक बस्दै
नेकपाको स्थायी कमिटी तेस्रो पटक बस्दै
आजको राशिफल
आजको राशिफल
अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति
निगमका खड्काले मागे नागरिक दैनिकसँग ८० करोड क्षतिपूर्ति
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
पूर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको छ प्रचण्ड
अभिनेत्री महिमा सिलवालको दुर्घटनामा मृत्यु
अभिनेत्री महिमा सिलवालको दुर्घटनामा मृत्यु
महासचिव विष्णु पौडेलको जन्मदिन, केक काटेर सुरु भयो नेकपा सचिवालय बैठक
महासचिव विष्णु पौडेलको जन्मदिन, केक काटेर सुरु भयो नेकपा सचिवालय बैठक
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
राष्ट्रपति भण्डारीले गरिन् शीर्ष नेताहरू र नवनिर्वाचित राष्ट्रपति पौडेलसँग बिदाइ भेट
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन
अग्नि पीडितको सहयोगमा राजधानीमा फिल्म प्रदर्शन

तपाईंले छुटाउनुभयो कि?