मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २६, २०७९
|
|
२९ पटक हेरिएको
Shares
मङ्सिर १ देखि ५ गतेसम्म त्रिविका क्याम्पस र कार्यालयमा बिदा

सारांश

  • काठमाडौं।
  • आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन्।
  • त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो।

काठमाडौं। आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन्। त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो।

त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक तथा कर्मचारी निर्वाचनमा खटिएको र केही क्याम्पसमा मतगणना गर्ने केन्द्रसमेत राखिएको हुँदा ती दिन बिदा दिने निर्णय गरिएको हो।

हिजो बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले निर्वाचनका कारण विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने भन्दै क्याम्पस तथा कार्यालयमा बिदा दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?