जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोपप्रत्यारोप

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २९, २०७९
|
|
१८ पटक हेरिएको
Shares
जापोरिज्जिया आणविक प्लान्टमा आक्रमणः रुस र युक्रेनबीच आरोपप्रत्यारोप

सारांश

  • किभ।
  • युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन्।
  • उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो ।

किभ। युक्रेन र मस्कोले शनिबार एकअर्कालाई दक्षिणपूर्वी युक्रेनको जापोरिज्जिया आणविक प्लान्टमा आक्रमण गरेको आरोप लगाएका छन्। उक्त आणविक प्लान्टमा गत साता बारम्बार गोलाबारी गरिएको थियो । जापोरिज्जिया युरोपकै सबैभन्दा ठूलो आणविक प्लान्ट हो।

प्लान्टलाई मार्चदेखि रुसले नियन्त्रणमा लिएको छ। उक्त प्लान्टमा सयौ सेना तैनाथ गरेको र हतियार भन्डाण गरेको युक्रेनले रुसमाथि आरोप लगाएको छ।

‘इनरगोदारको सडकमा आफ्नो उपस्थिति सीमित गर्नुहोस । रुसी अतिक्रमणकारीको नयाँ उत्तेजनाबारेमा जानकारी प्राप्त गरेका छौं’, युक्रेनको आणविक एजेन्सी एनरगोआटमले भनेको छ। आफूमाथि लाग्दै आएको आरोप रुसले अस्वीकार गरेको छ । युक्रेनी सेनाले प्लान्टमा हमला गरेको रुसी सेनाको दाबी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?