नेपालगन्ज ५ नम्बर प्रदेशको आर्थिक हब : शंकर पोख्रेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
नेपालगन्ज ५ नम्बर प्रदेशको आर्थिक हब : शंकर पोख्रेल

सारांश

  • बाँके, २३ माघ ।
  • पाँच नम्बर प्रदेशका भावी मुख्यमन्त्री तथा एमाले नेता शंकर पोख्रेलले नेपालगञ्ज ५ नम्बर प्रदेशको आर्थिक हब बन्ने बताएका छन् ।
  • नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेबाट सुरु भएको प्रादेशिक महोत्सव–२०७४ को समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै पोख्रेलले नेपालगञ्ज आर्थिक क्षेत्रको हब बन्ने कुरालाई कसैले छेक्न नसक्ने बताए ।

बाँके, २३ माघ । पाँच नम्बर प्रदेशका भावी मुख्यमन्त्री तथा एमाले नेता शंकर पोख्रेलले नेपालगञ्ज ५ नम्बर प्रदेशको आर्थिक हब बन्ने बताएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा माघ ११ गतेबाट सुरु भएको प्रादेशिक महोत्सव–२०७४ को समापन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै पोख्रेलले नेपालगञ्ज आर्थिक क्षेत्रको हब बन्ने कुरालाई कसैले छेक्न नसक्ने बताए । उनले प्रदेशको राजधानीका सवालमा थुप्रै बहस र छलफल भए पनि एउटा ठाउँमा प्रदेशको राजधानी बन्दैमा अन्य ठाउँमा विकास नरोकिने उल्लेख गरे । उनले नेपालगन्ज क्षेत्रको आर्थिक विकासको खाका कोर्न आफू लागिसकेको बताए ।

त्यस अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्न नसकेको बताए । लगानीमैत्री वातावरणको खाँचो रहेको औल्याउँदै ढकालले अब बन्ने सरकारले स्थिरताको वातावारण सिर्जना गर्नुपर्ने बताए ।

कार्यक्रममा आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नन्दलाल बैश्य, संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतले बोलेका थिए ।

३ सय २१ स्टल रहेका उक्त महोत्सवमा २ करोड बढीको कारोबार भएको अनुमान गरिएको छ । १ लाख बढी दर्शकले अवलोकन गरेको उक्त महोत्सवबाट १ करोड बचत गर्ने लक्ष्य लिइएको छ । यद्यपि अझैं एकिन विवरण आउन बाँकी रहेको नेपालगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

यसैबीच महोत्सवको अन्तिम दिन सोमबार हाँस्य कलाकार दमन रुपाखेतीले महोत्सवमा आएका पाहुना तथा दर्शकहरुलाई हँसाएका थिए । आयोजकको विशेष निम्तामा नेपालगन्ज आएका दमनले दर्शकहरुका साथै सम्पूर्ण अतिथिहरुलाई हाँस्य ब्यङ्ग्यको खुराक पस्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै
नेपालगञ्जको त्रिभुवनचोक ‘स्ट्रिट फुड लेन’ बन्दै
मनाेरञ्जन समाचार : यी सुन्दरीले आफैंले गरिन् सनसनीपूर्ण खुलासा
मनाेरञ्जन समाचार : यी सुन्दरीले आफैंले गरिन् सनसनीपूर्ण खुलासा
जिल्ला सभापतिहरुलाई फकाउन एक लाख खर्च गर्दै देउवा, पौडेल र सिटौला मख्ख
जिल्ला सभापतिहरुलाई फकाउन एक लाख खर्च गर्दै देउवा, पौडेल र सिटौला मख्ख
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
गायक मौसम गुरुङ र रेजिना परियारको आवाजमा ‘थोरै माया’ (भिडियाे सहित)
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
मनाेरञ्जन समाचार: शाहिद कपुरको फिल्म शुटिङ हुँदै गर्दा दुर्घटना, एक जनाकाे घटनास्थलमै ज्यान गयो
असिनापानीबाट दुई करोडको सुन्तला नष्ट
असिनापानीबाट दुई करोडको सुन्तला नष्ट
आफै नियम बनाउँछन्, आफै मिच्छन् – कार्यविधिविपरीत रक्षामन्त्री प्रधानलाई ५० लाख
आफै नियम बनाउँछन्, आफै मिच्छन् – कार्यविधिविपरीत रक्षामन्त्री प्रधानलाई ५० लाख
खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली
खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली
The very best Free Pathogen Protection For the purpose of Windows XP
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु
मनकामना जाँदै गरेको बस नवलपरासीमा दुर्घटना, ५ जनाको मृत्यु